६ महिनामा १५४ उद्योग दर्ता, एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव

0
Shares

चालु आवको ६ महिना अर्थात साउनदेखि पुसमसान्तसम्म १५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन्।।

उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यस अवधिमा ४५ वटा ठूला उद्योग, ५७ वटा मझौला तथा ५२ वटा साना उद्योगहरु दर्ता भएका हुन् ।

गत वर्ष यो अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको थियो। गत वर्षको यसै अवधिको तुलनामा कुल ५१ वटा बढी उद्योग दर्ता भएका छन् । विभागका अनुसार २८ ठूला र ३६ वटा मझौला उद्योग बढी दर्ता भएका छन् भने गतवर्षको तुलनामा चालु वर्षमा साना उद्योगको दर्ता संख्या १३ वटा कम रहेको छ ।

६ महिनाको अवधिमा भएका १५४ नयाँ उद्योगले कम्तीमा १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने बताइएको छ ।

विभागका अनुसार यस अवधिमा १२९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ। जसमा ठूला २, मझौला ३७ र साना ९० वटा उद्योगहरु रहेका छन । विदेशी लगानी स्वीकृत भएका उद्योगहरुबाट ८ हजार ११६ जनाले रोजगारी पाउनेछन।

गत वर्षको यहि अवधिमा १२३ विदेशी उद्योगको कुल २३ अर्ब ४७ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७८, बिहिबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।