जाल्पा लघुवित्तको आईपीओ माघ २१ गतेदेखि खुल्दै

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माघ २१ गते अर्थात शुक्रबारदेखि बिक्री खुला हुने भएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले लघुवित्तको ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरिने सूचना माघ १४ गते शुक्रबार सार्वजनिक गरेको हो ।

लघुवित्तले निष्काशन निष्काशन तथा बिक्री खुला गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये जारी पूँजीकाे ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा  सर्वसाधारणमा जारी हुने सेयरकाे ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले माघ २१ देखि २५ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले जारी गर्ने उक्त आईपीओमा छिटोमा माघ २५ गते निष्काशन बन्द हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको कम्पनीले गराएको साख मूल्याङ्कन (क्रेडिट रेटिङ्ग) रेटिङ्ग कम्पनी इक्रा रेटिङ्ग नेपालले ‘इक्रा एनपी आईआर डबल बि’ रेटिङ्ग प्रदान गरेको छ । उक्त डबल बि रेटिङ्ग प्राप्त संस्था समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । सेयर आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।