कच्चा तेलको मूल्य ७ वर्ष यताकै उच्च

0
Shares

पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ।

जनवरी महिनाको सुरुवातमा बे्रन्टले ७८.९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१.१० अमेरिकी डलर प्रति ब्यारल भएको छ।

त्यसैगरी महिनाको सुरुवातमा ७६.०८ डलर प्रति ब्यारलमा खरिद गरेको वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आइ)ले ८९.५१ डलर प्रति ब्यारलमा खरिद गरेको छ।

यो मूल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१.७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८.८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। गत वर्षको फेब्रुअरी महिनाको तुलनामा यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ।

युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो। रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको फुजीटोमी सेक्युरीटिजका विश्लेषक टोसीटाका टजावाको भनाइ रहेको छ।

तेल निर्यातकर्ता देशहरुको संगठन(ओपेक)ले सम्झौता अनुसार ४ लाख ब्यारल प्रति दिन रिलिज गर्ने भनिएता पनि तेलको मूल्यले बुलिस रुप लिने अनुमान विश्लेषकहरुको रहेको छ। आगामी महिनाहरुमा ब्रेन्टले ९०+ डलर प्रति ब्यारल र डब्लु टी आइले ९० डलर प्रति ब्यारलमा कारोबार गर्ने अनुमान विज्ञहरुले गरेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।