
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले रिक्त रहेको साढे पाँच महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको छ ।
माघ १७ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले कृष्णबहादुर कार्कीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो ।
पहिलो पटक बुक बिल्डिङ्ग विधिबाट सेयर जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले भदौ ८ गते पदबाट राजीनामा दिएका थिए ।
साउदले राजीनामा दिएको साढे पाँच महिनासम्म पूँजी बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेले प्रमुख कार्यकारी अधिकृत पाउन सकेको थिएन । राजनैतिक भागबण्डा नमिल्दा लामो समयसम्म नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको हो ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट समितिले कुल ११ आवेदकहरुबाट ५ जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरी ती पाँचमध्येबाट पनि रमेश भण्डारी, केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको मन्त्रिपरिषद्मा पठाएको थियो । भण्डारी र श्रेष्ठलाई पछि पार्दै स्थायी घर भएक कार्कीले सीईओ बनेका हुन् ।
कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् । कार्की उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया