सुनको मूल्य वर्षकै महङ्गो, मंगलबार एकैदिन १ हजार २०० रूपैयाँले बढ्यो

0
Shares

सुनको मूल्य मंगलबार एकैदिन १ हजार भन्दा बढीले बढेको छ । सोमबार स्थीर रहेको  सुनकाे भाउ मंगलबार तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूलय ९६ हजार २०० रुपैयाँ कायम गरिएको छ । जुन मूल्य वर्षकै महँगो मूल्य हो ।

सोमबार छापावाला सुन तोलाको ९५ हजार ५०० रुपैयाँ र तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार .३२० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.९० डलर आसपासमा कारोबार भइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।