जीवन बीमाशुल्क संकलन ९.२५% बढ्यो, व्यवसाय विस्तारमा नयाँ कम्पनी आक्रमक

0
Shares


जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिना (माघ) महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन गत आवको यसै अवधिका तुलनामा ९.२५ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा ७४ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६ अर्ब ९१ करोड २४ लाख रुपैयाँले बढेको हो ।

यस अवधिमा गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ( एलआईसी) लिमिटेडको कुल बीमाशुल्क संकलन घटेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १७ कम्पनीको कुल बीमाशुल्क संकलन भने गत माघको तुलनामा बढेको छ । 

यस अवधिमा नेपाल लाइफले सर्वाधिक २१ अर्ब ८ करोड ५४ लाख रुपैयाँ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने सबैभन्दा कम बीमाशुल्क संकलन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८१ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा बीमशुल्कमा नेपाल लाइफको हिस्सा २५.९४ प्रतिशत छ ।

माघसम्ममा एलआईसीले ९ अर्ब ७५ करोड, नेशनल लाइफले ७ अर्ब ८९ करोड, राष्ट्रिय बीमा कम्पनीको ६ अर्ब ४२ करोड, यूनियन लाइफ ४ अर्ब ८२ करोड र एशियन लाइफ इन्सयोरेन्सले ४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

यसैगरी साउनदेखि माघसम्मको ७ महिना अवधिमा मेट लाइफले ३ अर्ब ९ करोड, सिटिजन लाइफ २ अर्ब ९७ करोड, प्राइम लाइफ २ अर्ब ९६ करोड, सूर्या लाइफले २ अर्ब ८३ करोड, सन नेपाल लाइफ २ अर्ब ३९ करोड र रिलायबल नेपाल लाइफले २ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा ज्योति लाइफ, आईएमई लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफको बीमशुल्क संकलन १ अर्ब १७ करोडदेखि १ अर्ब ९७ करोड रुपैयाँसम्म रहेको छ ।

जीवन बीमा कम्पनीहरुको ७ महिनाको कुल बीमा शुल्क संकलन रु अर्बमा
क्र सं कम्पनी २०७७ माघ मसान्त  २०७८ माघ मसान्त अन्तर (%) अन्तर रकम (रू)
नेपाल लाइफ  2039.00 2108.54 3.41 69.54
एलआइसी 1066.00 975.40 -8.50 -90.60
नेशनल लाइफ 694.00 789.72 13.79 95.72
राष्ट्रिय बीमा संस्थान 620.00 642.76 3.67 22.76
यूनियन लाइफ 399.00 482.30 20.88 83.30
एशियन लाइफ 367.00 403.56 9.96 36.56
मेट लाइफ 303.00 309.00 1.98 6.00
सिटिजन लाइफ 174.00 297.54 71.00 123.54
प्राइम लाइफ 269.00 296.39 10.18 27.39
१० सूर्या लाइफ 275.00 283.65 3.15 8.65
११ सन नेपाल लाइफ 121.00 239.53 97.96 118.53
१२ रिलायबल  नेपाल लाइफ 165.00 230.88 39.93 65.88
१३ ज्योति लाइफ 173.00 196.88 13.80 23.88
१४ आईएमई लाइफ 143.00 190.09 32.93 47.09
१५ गुँरास लाइफ 248.00 186.77 -24.69 -61.23
१६ रिलायन्स लाइफ 150.00 164.28 9.52 14.28
१७ सानिमा लाइफ 112.00 133.56 19.25 21.56
१८ प्रभु लाइफ 82.00 117.45 43.23 35.45
१९ महालक्ष्मी लाइफ 39.00 81.93 110.08 42.93
  कुल 7439.00 8130.24 24.82 691.24

 

कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा २८ प्रतिशत

चालु आवको ७ महिनासम्मको जीवन बीमा कम्पनीहरुको कुल बीमा संकलनलाई हेर्दा प्रथम बीमाशुल्कको हिस्सा २८.३३ प्रतिशत देखिएको छ ।
सात महिनामा १९ जीवन बीमा कम्पनीहरुले २३ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कुल बीमाशुल्क ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ संकलन गरेका छन् ।

सात महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण शुल्क वापत ५८ अर्ब २६ करोड ९७ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सात महिना अवधिमा जारी भएका बीमालेखमध्ये १ करोड १० लाख ८६ हजार ६८९ वटा सक्रिय रहेको समितिको तथ्यांक छ ।

बीमाशुल्क संकलनमा नयाँ जीवन बीमा कम्पनीको वृद्धि आक्रमक

पुराना जीवन बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीहरुको व्यवसाय विस्तारको दर उच्च देखिएको छ । नयाँ जीवन बीमा कम्पनीहरुले भने आक्रमक व्यवसाय विस्तार गरेका छन्। प्रयाजसो नयाँ जीवन बीमा कम्पनीहरुले आफनो व्यवसाय उल्लेख्य रुपमा विस्तार गरेका छन् ।

दशकौंदेखि बीमा बजारमा आफ्नो अधिपत्य जमाउँदै आएका कम्पनीहरुलाई चार वर्षअघिदेखि सञ्चालनमा आएका कम्पनीहरुको व्यवसाय वृद्धिदर कायम हुने हो भने केही वर्षमा नै पुराना कम्पनीहरुलाई टक्कर दिने किसिमले बढाउँदै अगाडि बढाउँदै लैजान थालेको तथ्याङ्कमा देखिएको हो ।

चालु आर्थिक वर्ष ७ महिनाको तथ्याङ्कलाई गत आवको यसै अवधिमा तुलनामा गर्दा धेरै व्यवसाय विस्तार दर धेरै हुने कम्पनीमा नयाँ कम्पनीहरु नै अगाडि देखिएका हुन् । उच्च व्यवसाय विस्तारगर्ने शीर्ष १० कम्पनीभित्र रिालयन्स बाहेक ९ वटा नयाँ कम्पनी रहेका छन् । रिलायन्स लाइफ १३ औं नम्बरमा रहेको छ । पुराना कम्पनीको व्यवसाय वृद्धिदर भुत्तो देखिएको छ ।

जीवन बीमातर्फ सबैभन्दा कान्छो जीवन बीमा कम्पनीले सबैभन्दा धेरै प्रतिशतले बीमा व्यवसाय बढाएको छ । महालक्ष्मीले समीक्षा अवधिमा शतप्रतिभन्दा बढी अर्थात ११० प्रतिशत (४२.९३ अर्ब) रुपैयाँले बढाएर करिब ८२ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी सन नेपाल लाइफको ९७.९६ प्रतिशत, सिटिजन्स लाइफ ७१, प्रभु लाइफ ४३.२३ प्रतिशतले, रिलायवल नेपाल लाइफले ३९.९३, आइएमई लाइफले ३२.९३ प्रतिशतले, युनियन लाइफले २०.८८ प्रतिशतले र सानिमा लाइफले १९.२५ प्रतिशतले र ज्योति लाइफले १३.७९ प्रतिशतले बीमाशुल्क संकलन बढाएका छन् । अन्य कम्पनीको वृद्धिदर दश प्रतिशतभन्दा कम रहेको छ ।

यस अवधिमा प्राइम लाइफले १०.१८ प्रतिशत, एशियन लाइफ ९.९६ प्रतिशत, रिलायन्स लाइफ ९.५२, राष्ट्रिय बीमा संस्थान ३.६७ प्रतिशत, नेपाल लाइफ ३.४१, सुर्या लाइफ ३.१५ र मेट लाइफले १.१५ प्रतिशतका दरले बीमशुल्क संकलन बढाएको छ ।

समीक्षा अवधिमा गुराँस लाइफको बीमाशुल्क सबैभन्दा धेरै २४.६९ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ । यस्तै एलआईसी नेपालको पनि ८.५० प्रतिशतले घटेर ९ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ ।

जीवन बीमा कम्पनीहरुको ७ महिनाको कुल बीमा शुल्क संकलन रु करोडमा
क्र सं कम्पनी २०७७ माघ मसान्त  २०७८ माघ मसान्त अन्तर (%) अन्तर रकम (रू)
महालक्ष्मी लाइफ 39.00 81.93 110.08 42.93
सन नेपाल लाइफ 121.00 239.53 97.96 118.53
सिटिजन लाइफ 174.00 297.54 71.00 123.54
प्रभु लाइफ 82.00 117.45 43.23 35.45
रिलायबल  नेपाल लाइफ 165.00 230.88 39.93 65.88
आईएमई लाइफ 143.00 190.09 32.93 47.09
यूनियन लाइफ 399.00 482.30 20.88 83.30
सानिमा लाइफ 112.00 133.56 19.25 21.56
ज्योति लाइफ 173.00 196.88 13.80 23.88
१० नेशनल लाइफ 694.00 789.72 13.79 95.72
११ प्राइम लाइफ 269.00 296.39 10.18 27.39
१२ एशियन लाइफ 367.00 403.56 9.96 36.56
१३ रिलायन्स लाइफ 150.00 164.28 9.52 14.28
१४ राष्ट्रिय बीमा संस्थान 620.00 642.76 3.67 22.76
१५ नेपाल लाइफ  2039.00 2108.54 3.41 69.54
१६ सूर्या लाइफ 275.00 283.65 3.15 8.65
१७ मेट लाइफ 303.00 309.00 1.98 6.00
१८ एलआइसी 1066.00 975.40 -8.50 -90.60
१९ गुँरास लाइफ 248.00 186.77 -24.69 -61.23
  कुल 7439.00 8130.24 24.82 691.24

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।