निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा संकलन गरे २२ अर्ब बीमाशुल्क, कसको अवस्था कस्तो ?

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिना अवधिमा २१ अर्ब ८१ करोड ४ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्ष २०७७।७८ को ७ महिना अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशूल्क संकलन गरेको थिए । समीक्षा अवधिमा २२.१२ प्रतिशतले धेरै हो ।

बीमा समितिले उपलब्ध गरेको तथ्यांक अनुसार शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । गत आर्थिक वर्षको माघसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको शिखर इन्स्योरेन्सले समीक्षा अवधिमा १२.८८ प्रतिशतले बढेको हो ।

यस्तै सगरमाथा इन्स्योरेन्सले यस अवधिमा १ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा नेको इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७५ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले १ अर्ब २३ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा अजोड इन्स्योरेन्स ९८ करोड ९८ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ९८ करोड ४३ लाख, हिमालयन जनरलले ९८ करोड १९ लाख, आइएमई जनरल ९४ करोड ४१ लाख, प्रभु इन्स्योरेन्स ९१ करोड १० लाख, लुम्बिनी जनरल ९० करोड १७ लाख, नेपाल इन्स्योरेन्स ८८ करोड ९५ लाख, दि ओरेन्टल ८१ करोड ९५ लाख, प्रुडेन्सियल इन्स्योरेन्स ७७ करोड ४९ लाख, ाष्ट्रिय बीमा कम्पनी ७३ करोड ९१ लाख, एभरेष्ट इन्स्योरेन्स ७० करोड ७९ लाख, जनरल इन्स्योरेन्स ५४ करोड ६४ लाख र नेशनल इन्स्योरेन्सले ५३ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको साता महिनामा सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ५२ करोड ७७ लाख रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको छ ।

S.N. Non Life Insurance Company Total Premium Collection in Lakh
Symbol 2078 Magh 2077 Magh Change %
1 Shikhar Insurance Co. Ltd. SICL 27,654.89 24,500.00 12.88
2 Sagarmatha Insurance Co. Ltd. SIC 19,554.30 15,700.00 24.55
3 Neco Insurance Co. Ltd. NIL 17,775.78 15,500.00 14.68
4 Siddhartha Insurance Ltd. SIL 15,205.15 13,900.00 9.39
5 NLG Insurance Company  NLG 13,644.43 13,000.00 4.96
6 Premier Insurance Co. Ltd. PIC 12,381.96 10,400.00 19.06
7 United Insurance Co. (Nepal) Ltd. UIC 9,843.50 6,600.00 49.14
8 Himalayan General Insurance HGI 9,819.75 6,000.00 63.66
9 IME General Insurance Ltd. IGI 9,441.40 8,500.00 11.08
10 Ajod Insurance Company Limited AIL 9,298.83 7,600.00 22.35
11 Prabhu Insurance Ltd. PRIN 9,110.93 9,300.00 -2.03
12 Lumbini General Insurance LGIL 9,017.24 7,900.00 14.14
13 Nepal Insurance  NICL 8,894.99 7,300.00 21.85
14 The Oriental Insurance Company Limited  TOICL 8,195.55 6,500.00 26.09
15 Prudential Insurance Co. Ltd. PICL 7,749.44 8,200.00 -5.49
16 Rastriya Beema Company Limited RBCL 7,391.31
17 Everest Insurance Co. Ltd. EIC 7,079.73 5,800.00 22.06
18 General Insurance Company Nepal Limited GIC 5,464.15 4,100.00 33.27
19 Sanima General Insurance Company Limited SGI 5,277.70 2,800.00 88.49
20 National Insurance Company Limited NIC 5,302.99 5,000.00 6.06
Total 218104.02 178600.00 22.12

 

अठार कम्पनीको बढ्दा प्रुडेन्सियल र सानिमाको बीमाशुल्क संकलन भने घट्यो

चालु आर्थिक वर्ष २०७८।७९ को ७ महिना अवधिमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १८ वटाले बीमाशुल्क संकलन बढाउँदा प्रुडेन्सियल जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क संकलन भने घटेको छ ।

यस अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गरेको सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा धेरै प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले ८८.४९ प्रतिशतले बीमाशुल्क बढाउदै ५२ करोड ७७ लाख रुपैयाँ संकलन गरेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बीमाशुल्क भने क्रमशः ५.४९ र २.०३ प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले ९१ करोड १० लाख रुपैयाँ तथा प्रभु इन्स्योरेन्सले ७७ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गत आवको ७ महिनाको तुलनामा चालु आवको यसै अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले ६३.६६ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क ४९.१४ प्रतिशतले वृद्धि गरेको छ । यस्तै जनरल इन्स्योरेन्स ३३.२७, दि ओरिन्टल २६.०९, सगरमाथा २४.५५, अजोड २२.३५, एभरेष्ट २२.०६ र नेपाल इन्स्योरेन्सको बीमाशुल्क संकलन २१.८५ प्रतिशतले बढेको छ ।

यस अवधिमा प्रिमियर इन्स्योरेन्सको बीमाशुल्क १९.०६ प्रतिशत, नेको १४.६८, लुम्बिनी जनरल १४.१४, शिखर १२.८८, आईएमई जनरल ११.०८, सिद्धार्थ ९.३९, नेशनल ६.०६ र एनएलजी इन्स्योरेन्सको सबैभन्दा कम ४।९६ प्रतिशतले बढेको छ ।

सात महिनामा १६ लाख ९५ हजार बीमालेख जारी, ७ कम्पनीको लाख बढी

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्ममा १६ लाख ९५ हजार ७८८ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये ७ निर्जीवन बीमा कम्पनीले एक लाखभन्दा बढी बीमालेख जारी गरेका छन् ।

यो संख्याको बीमालेखबाट चालु आर्थिक वर्षको सात महिना (माघ) सम्ममा करिब २२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
२० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ लाख ६७ हजार बीमालेख जारी गरेको छ । यस्तै सगरमाथाले १ लाख ५५ हजार, सिद्धार्थले १ लाख ४७ हजार, शिखरले १ लाख ४४ हजार, एनएलजी १ लाख १८ हजार, युनाइटेड इन्सयोरेन्स १ लाख १ हजार र नेपाव इन्सयोरेन्सले १ लाख बढी बीमालेख जारी गरेका छन् ।

यस्तै थप ९ कम्पनीले ५० हजारभन्दा बढी एक लाखभन्दा कम बीमालेख जारी गरेका छन् भने चार कम्पनीको १२ हजारदेखि ५० हजारको बीचमा रहेको छ ।  यस अवधिमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम १२ हजार वटा मात्र बीमालेख जारी गरेको छ । दि ओरिन्टल २१ हजार, राष्ट्रिय बीमा कम्पनी ३३ हजार र जनरल इन्स्योरेन्सले ४४ हजार वटा बीमालेख जारी गरेको हो ।

चालु आवको ७ महिना अवधिमा सानिमा जनरल, हिमालयन, एभरेष्ट, प्रभु, आइएमई, अजोड, प्रुडेन्सियल, लुम्बिनी जनरल र प्रिमियर इन्स्योरेन्सको बीमाखेल ५२ हजारदेखि ९६ हजारको बीचमा रहेको छ ।

Name  Issued Policy Till 2078 Magh
NIL १६७,१९६
SIC १५५,३३७
SIL १४७,६७२
SICL १४३,९६४
NLG ११८,१६९
UIC १०१,८२४
NICL १००,६४१
PIC ९६,१९०
LGIL ८३,९०४
PICL ८२,८३१
AIL ७३,३३५
IGI ६८,१३१
PRIN ६७,९१५
EIC ६५,०२०
HGI ६०,५४७
SGI ५२,५५८
GIC ४४,०२९
RBCL ३२,९३८
Orential २०,९१२
National १२,६७५
Total १,६९५,७८८

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।