.jpg)
रुस युक्रेनमा युद्धले ठूलो धनराशीको क्षति हुँदै आइरहेपनि नेपाली पुनर्बीमा कम्पनीहरुमा भने त्यसको तत्काल प्रत्यक्ष असर नपर्ने देखिएको छ ।
रुस युक्रेन टकरावका कारण राजनीतिक जोखिम बीमा (पीआरआई), हवाई बीमा, समुद्री बीमा, व्यापार घाटा बीमा आदीमा ठूलो क्षति पुगेपनि त्यसमा नेपाली बीमा क्षेत्रको योगदान नगन्य भएको हुँदा तत्काल असर नपर्ने देखिएको हो ।
नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरे रसिया युक्रेन युद्धको असर नेपाली पुर्नबीमा कम्पनीहरुमा नपर्ने बताउँछन् । उनले भने, “नेपाली पुर्नबीमा कम्पनीहरुले युरोपियन कम्पनीहरु कारोबार नगर्ने हुँदा प्रत्यक्ष रुपमा युद्धले नेपाल पुर्नबीमा कम्पनीहरुमा असर पु¥याउँदैन । तर युद्धमा अमेरिका, चीन, भारतले संलग्नता जनाए भने बीमा तथा पुर्नबीमा कम्पनी टाट पल्टिनसक्ने अवस्था रहनसक्छ । ”
अहिले सम्मको युद्धमा राजनीतिक जोखिम बीमा (पीआरआई) क्षेत्रमा मात्रै करिब २ अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी भएको पील हन्टका विश्लेषकहरुले बताएका छन् । स्थल, जल र हवाई; तीन तिरबाट नै रुसले युक्रेनमा हमला गरेको छ । जसकारण जीवन बीमा तथा निर्जीवन बीमा मध्यका हवाई बीमा, समुद्री बीमा, राजनीतिक जोखिम बीमा (पीआरआई), व्यापार घाटा बीमा जस्ता बीमा क्षेत्रमा असर परेको विज्ञहरुको भनाइ छ ।
रुस–युक्रेन युद्धले रुसी बीमा तथा पुर्नबीमा कम्पनी, युक्रेनी बीमा कम्पनी तथा अस्टे«लियन बीमा तथा पुर्नबीमा कम्पनीहरुमा प्रत्यक्ष असर पर्नेछ ।
बीमा नोक्सान न्यूनीकरण गर्नलाई सहयोग गर्ने विश्वकै सबैभन्दा ठूलो पुर्नबीमा कम्पनी– लन्डन बीमा कम्पनीले युरोेपभरकै बीमा कम्पनीहरुको १५ प्रतिशत मात्रै ओगटेको जनाएको छ । रुस–युक्रेन युद्ध कम गर्न अमेरिका, बेलायत, युरोपियन युनियनका देशहरु लगायत एसियाली देशहरुले रुस विरुद्ध विभिन्न प्रतिबन्धहरु लगाइरहेका छन् । यसैबीच बेलायती वित्तीय मन्त्रालयले रुसी हवाई तथा अन्तरीक्ष कम्पनीहरुलाई लन्डन बीमा कम्पनीबाट निषेध गरेको छ ।
गत बिहीबारदेखि सुरु भएको युद्धको आठौं दिनसम्म आउँदा नगन्य रुपमा धनसम्पत्तिको क्षति हुन पुगेको छ भने लाखौंको सङ्ख्यामा मानिसहरु विस्थापित भएका छन् । करिब ५ हजार युक्रेनी नागरिक, सैनिक तथा रुसी सैनिकहरुको युद्धमा मृत्यु भइसकेको छ । रुसले युक्रेनमा विशेष सैनिक अपरेशन सञ्चालन गर्ने घोषणा गरेसँगै दुई देशबीच युद्ध सुरु भएको हो ।
रुस–युक्रेन युद्धले दुई देशलाई मात्रै नभई सारा विश्वलाई नै प्रभाव पारिरहेको छ । युक्रेनमा भएको मानवीय तथा अमानवीय क्षतिका कारण यसको प्रभाव विश्व बीमा तथा पुर्नबिमा बजारमा पनि देखिएको छ । विभिन्न विज्ञहरुको विश्लेषण अनुसार, रुस–युक्रेन युद्धले बीमा क्षेत्रका विविध पक्षहरुमा प्रभाव पार्ने बताएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया