पाइपलाइनमा रहेका २५ जलविद्युत कम्पनीलाई तत्काल आइपिओ निष्कासनको अनुमति दिन इप्पानको माग

0
Shares

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेटेर २५ ओटा जलविद्युत कम्पनीहरुको आइपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन लिखित माग गरेको छ ।

आइपीको अनुमतिका लागि सेबनमा आवेदन दिएर पाइपलाइनमा रहेका २५ ओटा जलबिद्युत कम्पनीहरुको सम्बन्धमा सेबनले लामो समय भइसक्दा पनि अनुमति नदिएपछि नवनियुक्त अध्यक्ष हमालसँग भेट गरी यस्तो माग गरेको ईप्पानले जनाएको छ ।

पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई आइपीओको तत्काल अनुमति दिन लिखित माग लिएर इप्पानका तर्फबाट कार्यसमिति सदस्य उत्तम ब्लोन लामा र प्रकाशचन्द्र दुलाल एक दर्जनभन्दा बढी उर्जा उद्यमीसहित सेबनको कार्यालय खुमलटार पुगेका थिए ।

उनीहरुले आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराए । आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको सेबनलाई इप्पानले दिएको निबेदनमा उल्लेख गरेको छ ।

त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु पनि गम्भीररुपले प्रभाबित इप्पानले उल्लेख गरेको छ ।

ईप्पान र उर्जा उद्यमीहरुको धारणा सुनेपछि सेवनका नवनियुक्त अध्यक्ष हमालले सेबन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको ईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए । पुँजीबजारको बिकास, बिस्तार र बिस्वानियताका लागि जलबिद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोग आग्रहसमेत गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आइतबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।