विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान

0
Shares

सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो ।

यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंह लगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानविन समिति गठन गरी बर्खास्त गरेको थियो ।

विद्युत् तथा ऊर्जा क्षेत्रको काम कारवाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो ।

सूचना अनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिला सहित) रहने कानूनी प्रबन्ध छ । सूचना अनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ ।

आवेदन पेश गरेका उम्मेदवारको कार्ययोजनाको मूल्याङ्कन छनोट भई सङ्क्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजन प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

विद्युत् व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।