युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

0
Shares

युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटल नियूक्त भएको छ ।

लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरेपछि मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यससँगै अब युनिक नेपालको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तले गत पुस ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । घोडीघोडा लघुवित्तको १०० कित्ता सेयर बराबर युनिक लघुवित्तको ५० कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।