मुक्तिनाथ कृषि कम्पनीले माग्यो आईपीओ अनुमति

0
Shares

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्रीका लागि फागुन २० गते बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । आईपीओ जारी गर्न मुक्तिनाथ कृषि कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट साख मूल्याङ्कन समेत गराइसकेको छ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त संस्था कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।