माधवकुमार नेपाल सहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

0
Shares

सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो ।

आदेशमा भनिएको छ, “यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरुको निरुपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८÷१२÷२० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै नेपाल सहित १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।