खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौं: खेलकुद मन्त्री अथक

0
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिमको शनिबार उद्घाटन गर्दै मन्त्री अथकले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताए ।

नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपर्युक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री अथकले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय संचालनका लागि सम्भाव्यता अध्ययन भईरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दाे माध्यमका रूपमा खेलकुदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको मन्त्री अथकको गुनासो थियो । “राज्यले कुल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रकालागि छुट्याएको छ”, मन्त्री अथकले भन्नुभयो, “यसैबाट सबै प्रशासनिक तथा खेल पुर्वाधार निर्माणको काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास ।”

खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री अथकले स्वस्थ्य, राष्ट्रिय पहिचानसँगै उत्पादनको क्षेत्रमा समेत खेलकुदको भुमिका महत्वपुर्ण रहने जिकिर गरे । पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुने दर बढ्दै गईरहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “हामी अस्पताल निर्माणलाई मात्र विकास भएको ठान्छौं तर हरेक जिल्लामा खेलमैदान निर्माण भए अस्पतालको आवश्यकता नै पर्दैन ।” स्वास्थ्य नागरीक उत्पादनको आधार नै खेलकुद भएको मन्त्री अथकको भनाई थियो ।

सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखी तीन दिने विद्यालय खेलकुद शिक्षक तालिम सञ्चालन गरीएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।