राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते तय

0
Shares

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा चौथौ वार्षिक साधारण सभा मिति चैत २२ गतेका लागि तय भएको छ ।

चैत २२ गते होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरस संक्रमण फैलिएपछि एक वर्ष पर धकेलिएको थियो ।

महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पूरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।

विद्यमान अध्यक्ष कटुवालले यो पटक नेतृत्व नदोहोर्याउने तरखरमा रहेका छन् । उनले महासंघका अध्यक्षमा दाबी नगरेपछि वरिष्ठ उपाध्यक्ष कुमार कार्की लगायतका अन्य उपाध्यक्षहरु नेतृत्वका लागि आकांक्षी छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुको साझा संगठन हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।