अमेरिकी राष्ट्रपति जो वाइडेनले आकासिएको कच्चा तेलको मूल्य नियन्त्रण गर्न कैयौं महिनासम्म प्रतिदिन १० लाख ब्यारल रिलिज गर्ने भएका छन् ।
बाइडेनको यो कदमले अन्तर्राष्ट्रिय बजारमा ५ डलर प्रति ब्यारलले तेलको मूल्यमा कमी आएको छ ।
हप्ताको सुरुवातमा करिब १२० डलर प्रति ब्यारलमा कारोबार गरेको ब्रेन्ट क्रुडले आज १०८.५८ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ ।
यसैगरी साताको सुरुवातमा डलर प्रति ब्यारलमा कारोबार गरिरहेको वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटी आइ) ले आज १०२.७४ डलर प्रति ब्यारलमा कारोबार गरेको छ ।
बाइडेनले आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि कसरी घटाउन सकिन्छ भन्ने रणनीतिको बारेमा प्रस्ट पार्ने छन् । रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा अहिले ३ प्रतिशतले गिरावट आएको छ ।
यसै सन्दर्भमा एसपीआई एसेट व्यवस्थापनका व्यवस्थापक स्टेफेन इनेसले, “इन्धन मूल्य नियन्त्रण गर्न रिजर्भबाट तेल रिलिज गर्नु भनेको अस्थायी समाधान हो । यो भाँचिएको खुट्टामा ब्यान्डेज लगाउनु जस्तै हो । ” भनेर बताएका छन् ।
मार्च महिनाको सुरुवातमा बाइडेन प्रशासनले ३० मिलियन ब्यारल रिलिज गर्ने बताएको थियो । विभिन्न देशहरुले बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न ६० मिलियन ब्यारल प्रति दिन रिलिज गर्ने सम्झौता गरेका छन् ।
यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अघि सारेको रुबल मै इन्धनको मूल्य तिर्नुपर्ने सम्झौतालाई जर्मनले अस्वीकार गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया