बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो ।
मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको हो । मन्त्रालयले ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटर माथि ३८ रुपैयाँ भाडा कायम गरेको छ ।
यसअघि ५ किलोमिटर सम्मको १८ रुपैयाँ, १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ २० किलोमिटर सम्म २० रुपैयाँ र २० किलोमिटर भन्दा माथीको ३५ रुपैयाँ भाडा रहेको थियो ।
यस्तै ट्याक्सीको हकमा भने फ्लाग डाउन ५० रुपैयाँ तोकिएको छ भने प्रति २०० मिटरको भाडा ९ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ बनाइएको छ । यस्तै प्रतिक्षा शूल्क वापत एक मिनेटको १.२० कायम गरिएको छ । भने प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि हुन थालेपछि यातायात व्यवसायीहरुले भाडा समायोजनको माग गरेको थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया