
अर्थमन्त्री जर्नादन शर्माले नेपाल राष्ट्र बैंकबाट विदेशबाट आएको ४० करोड रुपैयाँ भित्र्याउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले नागरिकको समस्याबारे विस्तृतमा सम्बन्धित निकायलाई हेर्न मात्र आग्रह गरिएको बताउँदै भने, “मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ । मन्त्रालयमा रुँदै आएपछि मैले मन्त्रालयको सम्बन्धित निकायलाई बुझ्न भनेको हुँ ।”
उनले अर्थमन्त्रालयमा सबैलाई आउन सबैलाई छुट भएकाले कसैलाई गेटबाट नफर्काइने गरेको बताए । उनले भने, “बजेट निर्माण गर्ने बेला चाप पर्ने भएकाले कम भेट्नेबाहेक अरू बेला खुला नै हुन्छ । म त झन् खुलै छु । मकहाँ निवेदन आएपछि यो कुरा बुझिदिनुस् भनेर सम्बन्धित महाशाखा पठाउँछु । मन्त्रीको हैसियतले निर्वाह गर्ने कर्तव्य त्यही हो ।”
उनले सहजीकरण गरिदिनोस्, बुझिदिनुस् है भनेर पठाएको भएपनि यसलाई ठूलो विषय बनाइएको उल्लेख गरे । नागरिको समस्या हेरेर सहजीकरण गर्नु आफ्नो कर्तव्य भएको उनको भनाई थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया