नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि लगाएको आरोप पुष्टि नहुने बताएका छन् ।
मंगलबार रिर्पोर्टस क्लबमा बोल्दै पूर्वगभर्नर नेपालले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने धारणा राखे ।
उनले केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक–फरक रुपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच टसल भइरहने बताए ।
स्वायत्त संस्थालाई सरकारले हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीहरुको समेत मनोबल कमजोर हुने दाबी गरे । वित्तीय स्वायत्तता दियो भने केन्द्रीय बैंकले वित्तीय स्थायीत्व गर्न सक्ने भन्दै पूर्वगभर्नर नेपालले विश्वभर केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्ने मान्यता रहेको बताए ।
राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायीत्व जोगाउने शोधानान्तर स्थितिलाई राम्रो बनाउने, भुक्तानी प्रणालीलाई सुचारु गर्ने र सरकारको सल्लाहकारको रुपमा काम गर्ने संस्था भएको नेपालले बताए ।
गभर्नर निलम्बन तथा दबाबमा नेपालमा मात्रै नभएर विश्वका ठूला राष्ट्रमा पनि यस्तो हुने गरेको नेपालको भनाई छ । उनले सरकार र राष्ट्र बैंक सञ्चालनमा छुटै कानून भएकाले कानून अनुसार चल्नुपर्ने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया