
गत वर्ष २०७८ सेयर बजारका लगानीकर्ताका लागि फलदायी बन्न सकेन । सेयर बजारले केही कुरामा रेकर्ड बनाएपनि समग्रमा बजारबाट लगानीकर्ताले नाफा आर्जन गर्न सकेनन् ।
पूँजी बजारको नियामक निकाय धितोत्र बोर्डका अध्यक्ष तथा नेपाल स्टक एक्सचेञ्जका सीईओ नै बुक विल्डिङबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरीदमा जोडिएपछि सो निकायबाट पदच्यूत हुनुपर्यो । साढे पाँच महिनासम्म नियामक निकायकाे प्रमुख खाली रहेकाेमा सरकारले माघमा मात्रै नेप्से प्रमुख र धितोपत्र बोर्डले फागुमा मात्रै अध्यक्ष पायो ।
बैंकिङ्ग प्रणालीमा तरलता अभावको असर सेयर बजारमा पर्यो । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत सेयर धितोकर्जामा एक संस्थाबाट एक व्यक्तिलाई ४ करोड र पूरै परिवारलाई १२ करोडभन्दा बढी सेयर धिताेकर्जा प्रवाहमा रोक लगाएपछि बजार थप प्यानिक बन्न पुग्यो ।
यसैगरी नेपाल राष्ट्र बैंकले ऋणीको नाममा रहेको सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसकाे आधारमा गणना गर्ने व्यवस्था गर्यो । जसअनुसार सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था गर्यो । यसअघि १२० दिन रहेको उक्त मिति बढेपछि त्यसको असर समेत सेयर बजारमा देखियाे ।
यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतबाट बढाएर भारित औसत १५० प्रतिशत कायम गरेका थियो । यो वर्ष सेयर बजारको प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । एक वर्ष अवधिमा १९ लाखले डिम्याट खाता डिम्याट खााता खुला भएका छन् । चैत मसान्तसम्म ३२ लाख रहेको डिम्याट खाता चैत मसान्तमा आइपुग्दा ५१ लाख २१ हजार नाघेको छ ।
गत वर्षमा नै सेयर बजारमा हुने कारोबार रकम बढेर दोब्बर पुग्दा बजार सूचक नेप्सेले ३ हजार २०० बिन्दुको सर्वाधिक उचाइ चुम्यो । तर गत वर्ष नै सर्वाधिक उचाईमा पुगेको नेप्से वर्षको अन्त्यसम्म आइपुग्दा नेप्से वर्षको सुरुवताको तुलनामा २९९.५४ अंक अर्थात ११.०३ प्रतिशत घटेको हो । नेप्सेमा आएको गिरावटसँगै गत वर्षमा लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति ३ खर्ब ३२ करोड ८६ लाख रुपैयाँले घटेको छ । २०७७ बैशाख १ गते बजार खुल्दा ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा २०७८ चैत ३० गते सो रकम घटेर ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रुपैयाँमा झरेको हो ।
गत वर्ष नेप्से ३०० अंकले घटेको छ । यस अवधिमा नेप्से २७१४.७९ बाट सुरु भई २९९.५४ अंक घटेर चैत अन्त्यमा २४१५.२५ अंकमा झरेको छ । २०७८ भदौ २ गते बुधबार नेप्से ३१९८.६० विन्दुमा पुगेर सर्वाधिक उचाई कायम गर्यो । यो नै नेप्सेको हालसम्मको अलटाइम हाइ रेकर्ड हो । यस अघि २०७३ साउन १२ गते १८८१.४५ बिन्दुको रेकर्ड कायम रहेको थियो । सो रकेर्डलाई तोडेर गत वर्ष नेप्सेमा नयाँ रेकर्ड बनाएको हो । यद्यपी त्यसको भोलिपल्ट भदौ ३ गते इन्ट्रा डे कारोबारमा नेप्से ३२२७.११ विन्दुमा पुगेपनि १८.२४ अंकले घटेर ३१८०.७८ बिन्दुमा झरेर बन्द भएपनि नेप्सेले ओरालो यात्रा तय गरेको थियो ।
| NEPSE – Market Summary – Year 2078 | ||||
| Particulars | Year 2078 | Year 2077 | Difference | Change(%) |
| NEPSE Index (Points) | 2415.25 | 2714.79 | -299.54 | -11.03% |
| Total Turnovers (Rs. in Kharba) | 17.121 | 8.547 | 8.573 | 100.31% |
| Total Traded Shares (in Arba) | 3.637 | 2.009 | 1.629 | 81.09% |
| Total Transaction (in Lakh) | 191.860 | 91.283 | 100.578 | 110.18% |
| Total Scrips Traded (Avg.) | 225 | 195 | 9 | 15.25% |
| Total Market Capitalization (Rs. in Kharba) | 34.261 | 37.590 | -3.329 | -8.86% |
नेप्से घटेर लगानीकर्ताले सम्पत्ति गुमाएपनि बजारमा हुने कारोबार रकम भने शतप्रतिशतभन्दा बढीको वृद्धि भएको छ । गत वर्ष कुल १७ खर्ब १२ अर्ब ६ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । वर्ष २०७७ मा ८ खर्ब ५४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको सेयर करोबार भएको थियो । समीक्षा अवधिमा कारोबार रकम १००.३८ प्रतिशत अर्थात ८ खर्ब ५७ अर्ब ३४ करोड ८७ लाख रुपैयाँले कारोबार रकम बढेको हो ।
वर्ष २०७८ मा ३ अर्ब ६३ करोड ३२ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो वर्ष २०७७ मा २ अर्ब ८५ लाख १० हजार कित्ता सेयर कारोबार भएकोमा गत वर्षमा १ अर्ब ६२ करोड ८७ लाख ३६ हजार अर्थात ८१.०८ प्रतिशतले कारोबार कित्ता बढेको हो । यस्तै गत वर्ष कारोबार संख्या पनि १ करोडले बढेको छ । अघिल्लो वर्ष ९१ लख २८ हजार २५३ वटा संख्यामा सेयर कराोबार भएकोमा वर्ष २०७८ मा यो संख्या १ करोडले बढेर १ करोड ९१ लख ८६ हजार ३४ पुगेको हो । वर्ष २०७८ मा दैनिक औषत २२५ वटा कम्पनीको सेयर कारोबारमा आयो ।
शीर्ष दश कम्पनीको २०% कारोबार, अरुण भ्यालीको सर्वाधिक
वर्ष २०७८ मा कारोबारमा आएका शीर्ष दश कम्पनीको कारोबार हिस्सा कुल कारोबार रकमको २०.४९ प्रतिशत रहेको छ । गत वर्ष १७ खर्ब १२ अर्ब ६ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको शीर्ष दश कम्पनीको ३ खर्ब ५० करोड ८१ लाख ९२ हजार रुपैयाँको कारोबार भएको हो । शीर्षभित्र पाँच हाइड्रोपावर कम्पनी रहेका छन् ।
जसमा सबैभन्दा धेरै कारोबार भएको अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४५ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपि पावर र पुनर्बीमा कम्पनीको ४० अर्ब माथिको कारोबार भएको छ । नेशनल हाइड्रोपावर, हिमालयन डिष्टिलरी, नबिल बैंक, अरुण काबेली पावर, एचआईडिसीएल र अपर तामाकोशीको ३० अर्ब माथिको कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नेपाल इन्फ्रास्टक्चर बैंकको साढे २६ करोडको सेयर गत वर्ष कारोबार भयो ।
नेशनल हाइड्रोको १० करोड कित्ता सेयर कारोबार
गत वर्ष २०७८ मा नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै १० करोड ८५ लाख १४ हजार कित्ता सेयर कारोबार भएको छ ।
यसैगरी अपि पावर ८.६८ करोड, अरुण भ्याली ८.३९ करोड, एचआईडिसीएल ७.५१ करोड, ग्लोबल आइएमई समुन्नत स्कीम ७.३७ करोड, सानिमा इक्वीटी फण्ड ७.१९ करोड, लक्ष्मी इक्वीटी फण्ड ६.९९ करोड, नबिल ब्यालेन्स्ड फण्ड ६.७१ करोड, एनएमबि ५० को ५.५२ करोड र अरुण काबेली पावरको ५.९६ करोड कित्ता सेयर कारोबार भएको छ ।
शीर्ष दश कम्पनीको कारोबार भएको सेयर कित्ता कुल सेयर कारोबार भएको सेयरको २०.९६ प्रतिशत रहेको छ । गत वर्ष कुल ३ अर्ब ६३ करोड ७२ लाख ४७ हजार कित्ता सेयर कारोबारमा आएकोमा शीर्ष दश कम्पनीको मात्रै ७६ करोड २६५ लाख बढी कित्ता सेयर कारोबार भएको हो ।
कारोबार संख्याका आधारमा निफ्रा अगाडि
वर्ष २०७८ मा कुल नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सबैभन्दा धेरै संख्यामा कारोबार भएको छ । बैंकको कुल ६ लाख ५ हजार ४१५ वटा संख्यामा सेयर कारोबार भएको हो ।
यसैगरी अपि पावर ४ लाख २७ हजार, एनआईडिसीएल ४ लाख १७ हजार, नेशनल हाइड्रोपावर ३ लाख ८७ हजार, अरुण भ्याली ३ लाख ४४ हजार, अपर तामाकोशी ३ लाख ९हजार, अरुण काबेली ३ लाख २ हजार, नबिल बैंक २ लाख ९७ हजार, ज्योति विकास बैंक २ लाख ८७ हजार, र नेपाल पुनर्बीमा कम्पनीको २ लाख ८० हजार वटा संख्यामा सेयर कारोबार भएको छ ।
विकास बैंक र फाइनान्स सूचक ४४ प्रतिशत बढ्यो, आठ उपसमुहगत सूचक
वर्ष २०७८ मा विकास बैंक र फाइनान्सको उपसमुहगत सूचक सबैभन्दा धेरै बढेका छन् । यी दुई क्रमशः ४४.१२ र ४४.१० प्रतिशतले बढेको हो । २०७८ बैशाख १ गते २८९०.३२ अंकमा खुलेको विकास बैंक सूचक चैत ३० गते आइपुग्दा १२७८.८४ अंकले बढेर ४१६९.१६ बिन्दुमा बन्द भएको हो । २०७८ बैशाख १ गते फाइनान्स सूचक १२८१.८४ बिन्दुमा रहेकोमा चैत ३० गते आइपुग्दा ५६५.३१ अंकले बढेर १८४७.१५ बिन्दुमा पुगेको हो ।
एक वर्षको अवधिमा म्युचुअल फण्डको सूचक १२.८४ प्रतिशत बढेर १५.२० मा पुग्दा हाइड्रोपावर ५.९६ प्रतिशत बढेर २७७८.५२ अंकमा पुगेको छ । उत्पादनमुलक सूचक १ प्रतिशतले बढेर ५६९०८.१८ बिन्दुमा पुगेको छ । वर्ष २०७८ मा ब्यापारको सचक सर्वाधिक ४३.४४ प्रतिशत अर्थात १७११.३९ अंकले घटेको छ । २०७८ बैशाख १ गते ३३३९.९२ अंकमा खुलेको ब्यापार सूचक चैत ३० गते आइपुग्दा२२२८.५३ बिन्दुमा झरेको हो ।
| NEPSE – Sub Indices Status – Year 2078 | |||||
| S.N | Sub-Indices | Year 2078 | Year 2077 | Points | Change (%) |
| 1 | Development Bank | 4,169.16 | 2,890.32 | 1,278.84 | 44.25% |
| 2 | Finance | 1,847.15 | 1,281.84 | 565.31 | 44.10% |
| 3 | Mutual Fund | 15.20 | 13.47 | 1.73 | 12.84% |
| 4 | Hydro Power | 2,758.52 | 2,603.40 | 155.12 | 5.96% |
| 5 | Manufacturing And Processing | 5,698.18 | 5,641.99 | 56.19 | 1.00% |
| 6 | Others | 1,872.50 | 2,048.93 | -176.43 | -8.61% |
| 7 | Microfinance | 4,840.58 | 5,360.29 | -519.71 | -9.70% |
| 8 | Banking | 1,604.35 | 1,881.12 | -276.77 | -14.71% |
| 9 | Non Life Insurance | 11,183.17 | 13,659.87 | -2,476.70 | -18.13% |
| 10 | Investment | 79.61 | 101.18 | -21.57 | -21.32% |
| 11 | Hotels And Tourism | 3,121.47 | 3,988.04 | -866.57 | -21.73% |
| 12 | Life Insurance | 13,152.06 | 17,362.43 | -4,210.37 | -24.25% |
| 13 | Trading | 2,228.53 | 3,939.92 | -1,711.39 | -43.44% |
यो एक वर्ष अवधिमा जीवन बीमाको सूचक २४.२५ प्रतिशत, होटल २१.७३, लगानी २१.३२, निर्जीवन बीमा १८.१३, बैंकिङ्ग १४.७१, लघुवित्त ९.७० प्रतिशत र अन्यको सूचक ८.६१ प्रतिशतले घटेको छ ।
चैत ३० गते आइपुग्दा जीवन बीमाको सूचक १३ हजार १५२ अंकमा छ भने होटल ३१२१, लगानी ७९.६१, निर्जीवन बीमा ११ हजार १८३, बैंकिङ्ग १६०४, लघुवित्त ४८४० अंक र अन्यको सूचक १८७२ अंकमा झरेको छ । गत बैशाख १ गतेको खुलेको सूचकको तुलनामा जीवन बीमाको सूचक ४२१० अंक, होटल ८६६, लगानी साढे २१, निर्जीवन बीमा २४७६, बैंकिङ्ग २७६, लघुवित्त ५१९ र अन्य उपसमुहगत सूचक १७६ अंकले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया