हुन्डाई आयोनिक फाइभले हात पार्यो ‘WCOTY-2022’मा वर्षको उत्कृष्ट कारसहित अन्य तीन अवार्ड

0
Shares

हुन्डाई आयोनिक फाइभ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधामध्ये तीन वटामा विजेता बनेको छ।

आफ्नो रिलिजपश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो।

डिजाइन अफ द इयर क्याटगोरीमा आयोनिक फाइभको फरक शैली र नौलो डिजाइनले Audi e-Tron GT र Kia EV6 लाई पछि पारेको छ। आयताकार हेड र टेल ल्याम्पसहितको आयोनिक फाइभको रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको छ।

त्यस्तै, आयोनिक फाइभले विश्व कार अवार्डमा पहिलोपटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e-Tron GT र Mercedes EQS भन्दा अगाडि रहन सफल रह्यो । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाउँछ ।

यसका साथै हुन्डाई आयोनिक फाइभले KIA EV6 र Ford Mustang March E लाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो अवार्ड वर्ल्ड कार अफ द इयर २०२२ पनि हात पार्यो । इन्टरनल कम्बसन इन्जिन कार सहित अन्य सबै कारहरू मध्य छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्को लाई प्रतिबिम्बित गर्छ ।

आयोनिक फाइभले गत वर्षको सुरुवातमा रिलिज भएसँगै निकै प्रशंसा बटुलीरहेको थियो। विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारको प्यानलको भोटले छानिने WCOTY अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले आयोनिक फाइभको विशिष्टता स्पष्ट पार्छ ।

यो वर्ष विजेता आयोनिक फाइभ सँगै विश्व कार अफ द इयरको फाइनलमा सबै विद्ध्युतीय सवारी मनोनयनमा पर्नुले इन्टरनल कम्बसन इन्जिनहरूको तुलनामा विद्युतीय सवारीहरू पनि अब्बल रहेको छनक दिन्छ । दिगो गतिशीलताको बारेमा बढ्दै गएको कुराकानी र चेतना अभिवृद्धिमा यो ऐतिहासिक रेकर्डले सघाउने विश्वास लिन सकिन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।