वाणिज्य बैंकहरुको खराब कर्जा औषतमा १.२७ प्रतिशत, सरकारी स्वामित्वका बैंकमा धेरै

0
Shares

वाणिज्य बैंकहरुको औषत खराब कर्जा अनुपात १.२७ प्रतिशत रहेको देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा यस्तो तथ्याङ्क देखिएको हो ।

साउनदेखि चैतसम्म आइपुग्दा बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब १५ अर्ब ९९ करोड ५४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । प्रति बैंक औषतमा १ खर्ब ४८ अर्ब ७४ लाख रुपैयाँ बराबरको रहेको छ । यस आधारमा वाणिज्य बैंकहरुमा मात्रै ५१ अर्ब रुपैयाँ बराबरको खराब कर्जा रहेको देखिन्छ ।

वित्तीय विवरण अनुसार सरकारी स्वामित्वका वाणिज्य बैंकहरुमा खराब कर्जा अनुपात धेरै रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा धेरै कुल कर्जा लगानीको ३.०७ प्रतिशत खराब कर्जा रहेको छ भने कृषि विकास बैंकमा २.३२ प्रतिशत अनुपातमा खराब कर्जा रहेको छ । अर्को सरकारी बैंक नेपाल बैंकमा २.०६ प्रतिशत खराब कर्जा अनुपात छ ।

S.N.  Symbol Non-Performing Loan (NPL)  Loans in Thousand
1 RBB 3.07 208194800.24
2 ADBL 2.32 177959819.79
3 NBB 2.30 76209215.88
4 NIB 2.20 165210726.00
5 NBL 2.06 168802191.85
6 CZBIL 1.72 132173855.22
7 CCBL 1.60 87022777.00
8 NCCB 1.52 116883685.36
9 NMB 1.46 177924735.00
10 GBIME 1.45 260209629.00
11 BOKL 1.45 102918573.26
12 SRBL 1.37 121617848.16
13 PRVU 1.21 143712751.00
14 NABIL 1.14 221989356.00
15 SBL 1.12 177374293.49
16 LBL 1.08 128925693.00
17 CBL 0.99 83936172.00
18 HBL 0.99 150412975.72
19 KBL 0.96 155933556.06
20 PCBL 0.94 154667379.65
21 MBL 0.87 131172797.86
22 MEGA 0.72 147473020.86
23 NICA 0.51 257679192.36
24 SANIMA 0.38 137244622.32
25 SCB 0.36 78585961.00
26 EBL 0.26 143284675.00
27 SBI 0.14 108475189.41
Industry Average 1.27 148740573.80

 

निजी बैंकतर्फ सबैभन्दा धेरै खराब कर्जा अनुपात नेपाल बंगलादेश बैंकमा २.३० प्रतिशत रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकमा २.२० प्रतिशत रहेको छ । यी बैंकहरु खराब कर्जा अनुपातमा क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।

थप ११ वाणिज्य बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा धेरै २ प्रतिशतभन्दा कम रहेको छ । यस अवधिमा सिटिजन्स, सेञ्चुरी कमर्सियल, एनसीसी, एनएमबि, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सनराइज, प्रभु, नबिल, सिद्धार्थ र लक्ष्मी बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा धेरै छ ।

सिभिल बैंक, हिमालयन, कुमारी, प्राइम कमर्सियल, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया, सानिमा, स्ट्याण्डर्ड चार्टड, एभरेष्ट र नेपाल एसबिआई बैंकको बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम रहेको छ । नेपाल एसबिआई बैंकको खराब कर्जा अनुपात सबैभन्दा थोरै ०.१४ प्रतिशत रहेको छ । एसबिआईले चैतसम्म १ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा बैंकमा १५ करोड १८ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।