चालु आर्थिक वर्षको वैशाख मिहनाको पहिलो दुई दिनमै वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैंकहरुको कर्जा समेत २ अर्बले गिरावट आएको छ ।

गएको साता अर्थात वैशाख १ र २ गते गरी दुई दिनमा वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको हो । यस अवधिमा बैंकहरुको कुल कर्जा प्रवाह २ अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाख २ गतेसम्म बैंकहरुले ४३ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९५ अर्ब कर्जा विस्तार गरेका छन । गत चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब निक्षेप उठाएर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका थिए ।
बैंकहरुबाट निक्षेप आउन नसकेपछि कर्जा लगानी ठप्प जस्तै छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको हो । वैशाख लागेपछि बैंकहरुबाट निक्षेप बाहिरिएको छ । निक्षेप बढाउन नसक्ने बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया