
चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना अवधि अर्थात चैत मसान्तसम्ममा अघिल्लो आवको यसै अवधिको तुलनामा १९ वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि अधिकांश वाणिज्य बैंकहरुको इपिएस घटेको हो ।
विसं २०७७ चैतमा वाणिज्य बैंकहरुको औषत वार्षिक प्रतिसेयर आम्दानी २१.०५ रुपैयाँ रहेकोमा एक वर्षमा २.०७ रुपैयाँले घटेर १८.९७ रुपैयाँमा झरेको हो । यस अवधिमा बैंकहरुले ९.९१ देखि ४१.४९ रुपैयाँसम्म इपिएस कायम गरेका छन् । २०७७ चैतमा बैंकहरुले ५.२९ देखि ४७.४७ रुपैयाँसम्म इपिएस कायम गरेका थिए । अघिल्लो आवको यसै अवधिको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुको सबैभन्दा कम हुने बैंकको इपिएसमा सुधार आएपछि धेरै हुने बैंकको इपिएसमा भने गिरावट आएको छ ।
वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब पुग्यो, जगेडा कोषमा २ खर्ब ३२ अर्ब सञ्चित
विसं २०७८ चैत मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १८.२५ रुपैयाँले घटेको छ । नबिल बैंक १२.२४ रुपैयाँ र नेपाल बंगलादेश बैंकको १०.२८ रुपैयाँले इपिएस घटेको छ ।
यसैगरी सानिमा, प्रभु , लक्ष्मी बैंकको ६ रुपैयाँ धेरै, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, बैंक अफ काठमाण्डूको ५ रुपैयाँ धेरै, प्राइम कमर्सियल, नेपाल बैंकको करिब ४ रुपैयाँ तथा सिद्धार्थ बैंक, हिमालयन, मेगा, एनएमबि, ग्लोबल आईएमई, एभरेष्ट र कुमारीको इपिएस १ रुपैयाँ बढी घटेको छ । सबैभन्दा कम घटेको सिटिजन्स बैंकको ०.६१ रुपैयाँले इपिएस घटेको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा वाणिज्य बैंकको चुक्ता पूँजी १३.६५ प्रतिशतले बढेर ३ खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा बैंकहरुको खुद नाफा भने अघिल्लो चैतको तुलनामा ०.५४ प्रतिशतले बढेर ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ मात्र रहेको छ । चैतससम्म १२ बैंकको नाफा घटेका छभने १५ बैंकको बढेको छ । सेञ्चुरीले सर्वाधिक १८३ प्रतिशतले नाफा वृद्धि गर्दा लक्ष्मी बैंकको सर्वाधिक ३३ प्रतिशत बढीले नाफा घटेको छ ।
| वाणिज्य बैंकको वाषिक प्रतिसेयर आम्दानी (रूपैयाँमा) | |||
| नाम | २०७८ चैत | २०७७ चैत | अन्तर |
| सेञ्चुरी कमर्सियल | १४.१७ | ५.२९ | ८.८८ |
| सिभिल | १३.२८ | ५.८१ | ७.४७ |
| एनआईसी एशिया | ४१.९४ | ३४.८७ | ७.०७ |
| नेपाल एसबिआई | १७.६४ | १२.३४ | ५.३ |
| स्ट्याण्डर्ड चार्टर्ड | २३.०३ | १८.४१ | ४.६२ |
| एनसीसी | १७.८१ | १४.२३ | ३.५८ |
| माछापुच्छ्रे | २०.१७ | १९.०१ | १.१६ |
| सनराइज | १६.८३ | १५.८८ | ०.९५ |
| सिटिजन्स | १४.९३ | १५.५४ | -०.६१ |
| कुमारी | १६.३४ | १७.३७ | -१.०३ |
| एभरेष्ट | २१.४५ | २२.६ | -१.१५ |
| ग्लोबल आईएमई | २०.८८ | २२.०५ | -१.१७ |
| एनएमबि | १९.३५ | २०.६४ | -१.२९ |
| मेगा | १६.७७ | १८.१९ | -१.४२ |
| हिमालयन | १४.३१ | १६.०६ | -१.७५ |
| सिद्धार्थ | २२.३८ | २५.२८ | -२.९ |
| नेपाल | २०.३ | २३.८७ | -३.५७ |
| प्राइम कमर्सियल | १९.४५ | २३.३६ | -३.९१ |
| बैंक अफ काठमाण्डू | १०.९३ | १६.१४ | -५.२१ |
| कृषि विकास | १६.७९ | २२.१९ | -५.४ |
| नेपाल इन्भेष्टमेन्ट | १८.०४ | २३.४७ | -५.४३ |
| लक्ष्मी | ९.९१ | १६.०६ | -६.१५ |
| प्रभु | १८.३९ | २४.७९ | -६.४ |
| सानिमा | १८.८७ | २५.७३ | -६.८६ |
| नेपाल बंगलादेश | १४.६९ | २४.९७ | -१०.२८ |
| नबिल | २४.३९ | ३६.६३ | -१२.२४ |
| राष्ट्रिय वाणिज्य | २९.२२ | ४७.४७ | -१८.२५ |
| औषत | १८.९७ | २१.०५ | -२.०७ |
सञ्चालनमा रहेका २७ मध्ये ८ वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी मात्र अघिल्लो चैतको तुलनामा बढेको छ । समीक्षा अवधिमा सेञ्चुरी कमर्सियल बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ८.८८ रुपैयाँले बढेको छ भने सिभिल बैंक र एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ बढीले वृद्धि भएको छ । विदेशी स्वामित्वको नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल क्रेडिट एण्ड कमर्स, माछापुच्छ्रे, र सनराइज बैंकले पनि वार्षिक प्रतिसेयर आम्दानी बढाएका छन् ।
तेस्रो त्रैमासमा १२ बैंकको नाफा घट्यो, चैतसम्म कुल ५१ अर्ब नाफा आर्जन
९ बैंकको इपिएस २० रुपैयाँ माथि, एनआईसी एशियाको सबैभन्दा धेरै
विसं २०७८ चैतसम्म बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा एनआईसी एशिया बैंकको इपिएस सबैभन्दा धेरै ४१.९४ रुपैयाँ रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँले बढेको हो ।
यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको २९.२२ रुपैयाँ, नबिल २४.३९, स्ट्याण्डर्ड चार्टर्ड २३.०३, सिद्धार्थ २२.३८, एभरेष्ट२१.४५, ग्लोबल आईएमई २०.८८, नेपाल बैंक २०.३० र माछापुच्छ्रे बैंकको इपिएस २०.१७ रुपैयाँ रहेको छ ।
यस अवधिमा प्राइम कमर्सियल बैंक, एनएमबि, सानिमा, प्रभु, नेपाल इन्भेष्टमेन्ट, एनसीसी, नेपाल एसबिआई, सनराइज, कृषि विकास, मेगा र कुमारी बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँभन्दा धेरै २० रुपैयाँभन्दा कम छ ।
| वाणिज्य बैंकको वाषिक प्रतिसेयर आम्दानी (रूपैयाँमा) | |||
| नाम | २०७८ चैत | २०७७ चैत | अन्तर |
| एनआईसी एशिया | ४१.९४ | ३४.८७ | ७.०७ |
| राष्ट्रिय वाणिज्य | २९.२२ | ४७.४७ | -१८.२५ |
| नबिल | २४.३९ | ३६.६३ | -१२.२४ |
| स्ट्याण्डर्ड चार्टर्ड | २३.०३ | १८.४१ | ४.६२ |
| सिद्धार्थ | २२.३८ | २५.२८ | -२.९० |
| एभरेष्ट | २१.४५ | २२.६ | -१.१५ |
| ग्लोबल आईएमई | २०.८८ | २२.०५ | -१.१७ |
| नेपाल | २०.३ | २३.८७ | -३.५७ |
| माछापुच्छ्रे | २०.१७ | १९.०१ | १.१६ |
| प्राइम कमर्सियल | १९.४५ | २३.३६ | -३.९१ |
| एनएमबि | १९.३५ | २०.६४ | -१.२९ |
| सानिमा | १८.८७ | २५.७३ | -६.८६ |
| प्रभु | १८.३९ | २४.७९ | -६.४० |
| नेपाल इन्भेष्टमेन्ट | १८.०४ | २३.४७ | -५.४३ |
| एनसीसी | १७.८१ | १४.२३ | ३.५८ |
| नेपाल एसबिआई | १७.६४ | १२.३४ | ५.३० |
| सनराइज | १६.८३ | १५.८८ | ०.९५ |
| कृषि विकास | १६.७९ | २२.१९ | -५.४ |
| मेगा | १६.७७ | १८.१९ | -१.४२ |
| कुमारी | १६.३४ | १७.३७ | -१.०३ |
| सिटिजन्स | १४.९३ | १५.५४ | -०.६१ |
| नेपाल बंगलादेश | १४.६९ | २४.९७ | -१०.२८ |
| हिमालयन | १४.३१ | १६.०६ | -१.७५ |
| सेञ्चुरी कमर्सियल | १४.१७ | ५.२९ | ८.८८ |
| सिभिल | १३.२८ | ५.८१ | ७.४७ |
| बैंक अफ काठमाण्डू | १०.९३ | १६.१४ | -५.२१ |
| लक्ष्मी | ९.९१ | १६.०६ | -६.१५ |
| औषत | १८.९७ | २१.०५ | -२.०७ |
यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल बंगलादेश, हिमालयन, सेञ्चुरी कमर्सियल, सिभिल र बैंक अफ काठमाण्डू दश रुपैयाँभन्दा बढी १५ रुपैयाँभन्दा कम छ । लक्ष्मी बैंकको इपिएस सबै वाणिज्य बैंकभन्दा कम छ ।
तेस्रो त्रैमाससम्म खुद नाफा सबैभन्दा धेरै घटेपछि लक्ष्मी बैंकको वार्षिक इपिएस पनि सोही अनुपातमा खुम्चिएको हो । तैतसम्म लक्ष्मी बैंकको वार्षिक इपिएस ९.९१ रुपैयाँ मात्र रहेको छ । २०७७ चैतमा १६.०६ रुपैयाँ रहेको बैंकको इपिएस ६.१५ रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया