स्थानीय निर्वाचनको प्रकृया सुरु भएपछि आइतबार ९५ अंकको उच्च वृद्धि भएको नेप्सेमा सोमबार नै घटेको छ । बजार घट्ने भयले बिक्री चाप बढ्दा सूचक ३५ अंकको गिरावट आएको छ ।
निरन्तर ओरालो लागेर २३ बिन्दुभन्दा तल आएर फर्किएर बजार सूचकमा आइतबार आएको उच्च बढोत्तरीले बजार टिकाउ हुने छाँट नदेखेपछि लगानीकर्ताले बिक्री चाप बढाउँदा त्यसको भोलिपल्ट नै बजार ओरालो लागेको हो ।
आइतबार आएको अप््रत्यासित वृद्धिका कारण पनि बजार ऋणात्मक भएको हो उच्च अंकले बढेको बजारमा बिक्री चाप बढ्दा सोमबार दिनभर जासे सेयर बजार सकारात्मक हुने र नकारात्मक हुने क्रमले लुकामारी नै खेल्यो ।
नेप्से सूचक आइतबारको बिन्दुबाट २३ अंक बढेर इन्ट्रा डे कारोबारमा २४४४ बिन्दुको अधिकतम बिन्दु चुम्यो भने ३८ अंकसम्म तल झरेर २३८२ को बिन्दुसम्म झरेको थियो । तर सोमबार कारोबारको अन्त्यसम्म सूचक १.४४ प्रतिशत अर्थात ३४.९५ अंक घटेर २३८६.०१ बिन्दुमा बन्द भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले घटेर ४५४.६९ बिन्दुमा झरेको छ ।
स्थानीय तहको चुनावका कारण सिरानीमुनी रहेको पैसा बजारमा आउने र त्यसले तरलता संकट टर्ने आंकलन भएपनि अर्थतन्त्रका प्रमुख सूचकहरुमा सुधार आइनसकेको तथा अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासको नतिजा समेत नदेखिइसकेको अवस्थामा बजारलाई कारोबारीहरुले आफ्नो स्वार्थपूर्ति गर्न उचाल्नेर पछार्ने प्रयास मात्र हुँदा बजारको वृद्धि टिकाउ हुन सकिरहेको छैन ।
नेप्से परिसूचकमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने २ अर्ब ४ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४९ करोडले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कूल २३९ वटा कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रूपैयाँको कारोबार भएको छ । यसदिन ४६ हजार ४०१ वटा संख्याको कारोबारबाट ५० लाख ४७ हजार ७६९ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटेल र म्युचुअल फण्ड बोहक ११ वटै उपसमुहगत सूचक घटेको छ । सोमबार सबैभन्दा धेरै अन्य समुह २.२६ प्रतिशत घटेको छ भने विकास बै.क पनि २ प्रशितत धेरैले घट्यो । बैंकिङ्ग, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, लघुव्त्ति, जीवन बीमा र लगानी सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कारोबारमा अब्बल देखिएको छ । कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रूपैयाँको सेयर खरीद बिक्री भएको छ । यस्तै शिवम् सिमेन्टस् र हिमालयन डिष्टिलरी ६ करोड माथि तथा अपि पावर, एनआईसी एशिया बैंक र नबिल बैंकको ५ करोडभन्दा धेरै रकमको सेयर कारोबार भयो ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८५८.६० रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनी संस्थापक र सानिमा इक्वीटी फण्डको इकाईमूल्य ४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटरको सेयरमूल्य सर्वाधिक ७.७० प्रतिशत घटेको छ । सेयरमूल्य घटेसँगै प्रतिकित्ता ३८१.१० रूपैयाँमा झरेको छ । सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ भने रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया