
चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशन गरेका १४ विकास बैंकहरुले ५ अर्ब २० करोड ६१ लख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
अघिल्लो आव २०७७।७८ को ९ महिना अवधिमा यी बैंकहरुको खुद नाफा ४ अर्ब ७८ करोड ३६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकहरुको नाफा औषतमा ८.८३ प्रतिशतले बढेको हो ।
यस अवधिमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकले ७७ प्रतिशतले खुद नाफा बढाएको छ । ग्रीन डेभलपमेन्ट बैंक २३, सिन्धु विकास बैंक २१, लुम्बिनी विकास बैंक २०, गरिमा विकास बैक पौने १६, सांग्रिला डेभलपमेन्ट बैंक १४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ८ र मुक्तिनाथ विकास बैंकले डेढ प्रतिशतले नाफा बढाएको छ । समीक्षा अवधिमा ८ बैंकले नाफा बढाउँदा ६ बैंकको नाफा भने घटेको छ ।
उता कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा अघिल्लो चैतको तुलनामा सबैभन्दा धेरै साढे ६३ प्रतिशतले घटेको छ । ज्योति विकास बैक १४, कामना सेवा विकास बैंक १४, एक्सेल डेभलपमेन्ट बैंक १० र मितिेरी डेभलपमेन्ट बैंकको खुद नाफा १ प्रतिशतले घटेको हो । नारायणी डेभलपमेन्ट बैंकको नाफा ऋणात्मक रहेपनि केही सुधारिएको छ । बैंकको नोक्सानी ६० प्रतिशतले सुधारिएको हो ।
| S.N. | Symbol | Net Profit 2078 Chaitra | Net Profit 2077 Chaitra | Change % |
| 1 | MLBL | 714285.39 | 403605.08 | 76.98 |
| 2 | GRDBL | 9575.22 | 7762.41 | 23.35 |
| 3 | SINDU | 43326.26 | 35683.95 | 21.42 |
| 4 | LBBL | 510652.60 | 423794.94 | 20.50 |
| 5 | GBBL | 784690.19 | 678276.20 | 15.69 |
| 6 | SADBL | 400685.40 | 351674.67 | 13.94 |
| 7 | SHINE | 484755.82 | 448341.02 | 8.12 |
| 8 | MNBBL | 1020627.06 | 1005630.08 | 1.49 |
| 9 | MDB | 106020.99 | 107076.04 | -0.99 |
| 10 | EDBL | 105865.00 | 117744.48 | -10.09 |
| 11 | KSBBL | 504533.39 | 586156.39 | -13.93 |
| 12 | JBBL | 515732.34 | 602512.92 | -14.40 |
| 13 | NABBC | -2109.47 | -5254.38 | -59.85 |
| 14 | CORBL | 7523.10 | 20641.86 | -63.55 |
| Industry Standards | 5206163.29 | 4783645.66 | 8.83 | |
खुद नाफामा मुक्तिनाथ सबैभन्दा अगाडि, नारायणी नोक्सानीमा
विसं २०७८ चैतसम्म मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउँदै सबैभन्दा अगाडि रहेको छ । मुक्तिनाथ विकास बैंकले चालु आवको ९ महिनामा चार वाणिज्य बैंकहरुभन्दा धेरै नाफा गरेको हो ।
यस अवधिमा नारायणी डेभलपमेन्ट बैंक २१ लाख ९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको चैतमा ५२ लाख ५४ हजार नोक्सानीमा रहेको बैंकको नोक्सानी ६० प्रतिशत अर्थात ३१ लख ४५ हजारले सुधारिएको हो ।
विकास बैंकहरुमा खुद नाफामा गरिमा विकास बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकले चालु आवको ९ महिना अवधिमा ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
सबैभन्दा धेरै नाफा बढाएको महालक्ष्मी विकास बैंक नाफाका आधारमा तेस्रो नम्बरमा रहेको छ । चैत मसान्तसम्म महालक्ष्मीले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ज्योति विकास बैंकले ५१ करोड ५७ लाख, लुम्बिनी विकास बैंकले ५१ करोड ६ लाख र कामना सेवा विकास बैंकले ५० करोड ४५ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अन्य बैंकको नाफा ५० करोडभन्दा कम छ ।
यस अवधिमा शाइन रेसुङ्गा ४८ करोड ४७ लाख, सांग्रिला डभेलपमेन्ट बैंक ४० करोड ६ लाख, मितेरी डेभलपमेन्ट बैंक १० करोड ६० लाख, एक्सेल डेभलपमेन्ट बैंक १० करोड ५८ लाख नाफा आर्जन गरेको छ ।
यस्तै सिन्धु विकास बैंकले ४ करोड ३३ लाख, ग्रीन डेभलपमेन्ट बैंकले ९५ लाख ७५ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकले ७५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नारायणी डेभलपमेन्ट बैंक भने २१ लाख ९ हजार नोक्सानीमा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया