निर्जीवन बीमा व्यवसाय २५% ले बढ्यो, चैतसम्म २८.७० अर्ब बीमाशुल्क संकलन

0
Shares

मुलुकमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय २५ प्रतिशतले बढेको छ ।  बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म २८ अर्ब ७० करोड ११ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

विसं २०७७ चैत मसान्तसम्मको तुलनामा चालु आवको यसै अवधिमा २४.६८ प्रतिशत बढेको हो । विसं २०७७ चैतसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यसै अवधिमा शिखर इन्स्योरेन्सले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब ४२ करोड ९२ लाख ५० रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने तेस्रो ठूलो नेको इन्स्योरेन्सले २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । विसं २०७७ चैतमा सगरमाथा इन्स्योरेन्सको कुल बीमाशुल्क १ अर्ब ९९ करोड र नेको इन्स्योरेन्सको १ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ९४ करोड ५ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ७७ करोड १८ लाख, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन (रू लाखमा)
क्र.सं. नाम २०७८ चैत २०७७ चैत अन्तर प्रतिशत
शिखर इन्स्योरेन्स 37115.5 29600.00 25.39
सगरमाथा इन्स्योरेन्स 24292.5 19900.00 22.07
नेको इन्स्योरेन्स 22393 19500.00 14.84
सिद्धार्थ इन्स्योरेन्स 19405.4 17500.00 10.89
एनएलजी इन्स्योरेन्स 17718.7 16900.00 4.84
प्रिमियर इन्स्योरेन्स 16405.9 13900.00 18.03
राष्ट्रिय बीमा कम्पनी 14296.7
आइएमई जनरल इन्स्योरेन्स 12741.5 11400.00 11.77
हिमालयन जनरल इन्स्योरेन्स 12652.6 9100.00 39.04
१० अजेड इन्स्योरेन्स 12266.6 9900.00 23.91
११ युनाइटेड इन्स्योरेन्स 12135.3 8300.00 46.21
१२ नेपाल इन्स्योरेन्स 11890.9 9600.00 23.86
१३ लुम्बिनी जनरल इन्स्योरेन्स 11779.8 10100.00 16.63
१४ प्रभु इन्स्योरेन्स 11064 11500.00 -3.79
१५ दि अरियन्टल इन्स्योरेन्स 10349.7 8100.00 27.77
१६ प्रुडेन्सियल इन्स्योरेन्स 10010.4 10600.00 -5.56
१७ एभरेष्ट इन्स्योरेन्स 9274.3 7800.00 18.90
१८ जनरल इन्स्योरेन्स कम्पनी 7224.3 5200.00 38.93
१९ सानिमा जनरल इन्स्योरेन्स 7206.3 4600.00 56.66
२० नेशनल इन्स्योरेन्स 6788.3 6700.00 1.32
  कुल 287011.7 2802.00 24.68

शिखर इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको छ । चालु आर्थिक वर्षको चैतसम्ममा कुल बीमा शुल्क संकलनमा शिखर एक्लैको करिब १३ प्रतिशत हिस्सा छ । सगमाथा इन्स्योरेन्सको ८.४६, नेको इन्स्योरेन्सको ६.८०, सिद्धार्थ इन्स्योरेन्स ६.७६, एनएलजी इन्स्योरेन्स ६.१७ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ५.७२ र राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क संकलनमा ५ प्रतिशत हिस्सा रहेको छ ।

यसैगरी २०७८ चैतसम्ममा युनाइटेड इन्स्योरेन्सले १ अर्ब २१ करोड ३५ लाख, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ५२ लाख, अजोड इन्स्योरेन्सले १ अर्ब २२ करोड ६६ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड ९१ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १७ करोड ७९ लाख, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २७ करोड ४१ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब १० करोड ६४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १० लाख र दि ओरियन्टल इन्स्योरेन्सको १ अर्ब ३ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा एभरेष्ट इन्स्योरेन्सले ९२ करोड ७४ लाख, जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड २४ लाख, सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख र नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमशुलक संकलन गरेको छ ।

बीमा समितिका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी गरेका छन् ।

प्रभु र प्रुडेन्सियलको बीमाशुल्क संकलन घट्यो, सानिमा जनरलको उच्च वृद्धि

चैतसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २८ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा प्रभु इन्स्योरेन्स र प्रुडेन्सियलको व्यवसाय खस्किँदा अन्य १८ कम्पनीहरुले भने सुधार गरेका छन् ।

चालु आर्थिक वर्षको नौ महिना चैतसम्ममा गत आवको यसै अवधिको तुलनामा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै ५.५६ प्रतिशतले बीमाशुल्क संकलन घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको पनि ३.७९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधमिा चार निर्जीवन बीमा कम्पनीले गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा ३० प्रशितभन्दा बढीले बीमाशुल्क संकलनलाई वृद्धि गरेका छन् । सानिमा जनरलले यस अवधिमा सर्वाधिक ५६.६६ प्रतिशतले बीमाशुल्क संकलन बढाउँदा युनाइटेड इन्स्योरेन्सले ४६.२१ प्रतिशत, जनरल इन्स्योरेन्सले ३८.९३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सले ३९.०४ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गरेको छ । यस्तै गत चैतको तुलनामा दि ओरियन्टल इन्स्योरेन्सको २७.७७ प्रतिशत, शिखर इन्स्योरेन्स २५.३९, अजोड इन्स्योरेन्स २३.९१, नेपाल इन्स्योरेन्स २३.८६, सगरमाथा इन्स्योरेन्स २२.०७ प्रतिशतले कुल बीमाशुल्क संकलन बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन (रू लाखमा)
क्र.सं. नाम २०७८ चैत २०७७ चैत अन्तर प्रतिशत
सानिमा जनरल इन्स्योरेन्स 7206.3 4600.00 56.66
युनाइटेड इन्स्योरेन्स 12135.3 8300.00 46.21
हिमालयन जनरल इन्स्योरेन्स 12652.6 9100.00 39.04
जनरल इन्स्योरेन्स कम्पनी 7224.3 5200.00 38.93
दि अरियन्टल इन्स्योरेन्स 10349.7 8100.00 27.77
शिखर इन्स्योरेन्स 37115.5 29600.00 25.39
अजेड इन्स्योरेन्स 12266.6 9900.00 23.91
नेपाल इन्स्योरेन्स 11890.9 9600.00 23.86
सगरमाथा इन्स्योरेन्स 24292.5 19900.00 22.07
१० एभरेष्ट इन्स्योरेन्स 9274.3 7800.00 18.90
११ प्रिमियर इन्स्योरेन्स 16405.9 13900.00 18.03
१२ लुम्बिनी जनरल इन्स्योरेन्स 11779.8 10100.00 16.63
१३ नेको इन्स्योरेन्स इन्स्योरेन्स 22393 19500.00 14.84
१४ आइएमई जनरल इन्स्योरेन्स 12741.5 11400.00 11.77
१५ सिद्धार्थ इन्स्योरेन्स 19405.4 17500.00 10.89
१६ एनएलजी इन्स्योरेन्स 17718.7 16900.00 4.84
१७ नेशनल इन्स्योरेन्स 6788.3 6700.00 1.32
१८ प्रभु इन्स्योरेन्स 11064 11500.00 -3.79
१९ प्रुडेन्सियल इन्स्योरेन्स 10010.4 10600.00 -5.56
२० राष्ट्रिय बीमा कम्पनी 14296.7
  कुल 287011.7 2802.00 24.68

 

एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको कुल बीमाशुल्क दशदेखि २० प्रतिशतसम्म बढेको छ ।

विसं २०७७ चैतको तुलनामा एभरेष्ट इन्स्योरेन्सले १८.९० प्रतिशत, प्रिमियर इन्स्योरेन्सले १८.०३, लुम्बिनी जनरल इन्स्योरेन्सले १६.६३, नेको इन्स्योरेन्सले १४.८४, आईएमई जनरल इन्स्योरेन्सले ११.७७ र सिद्धार्थ इन्स्योरेन्सले १०.८९ प्रतिशतले कुल बीमाशुल्क संकलनत वृद्धि गरेको छ । यस अवधिमा एनएलजी इन्स्योरेन्सले ४.८४ प्रतिशत र नेशनल इन्स्योरेन्सले १.३२ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले भने विसं २०७७ चैतको तथ्याङ्क उपलब्ध नगराएका कारण कम्पनीको बीमाशुल्क संकलन बढ्यो वा घट्यो यकिन छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।