गभर्नर निलम्बन सम्बन्धि मुद्दामा बिहीबार पनि सकिएन सुनुवाई

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सम्बन्धि मुद्दामाथिको सुनुवाइ शुक्रबार पनि हुने भएको छ । बिहीबार भएको सुनवाई नसकिएपछि शुक्रबार निरन्तरता दिइने सर्वोच्चले जनाएको हो ।

बिहीबार नै सुनुवाई सकिई आदेश आउने अपेक्षा गरिएको भएपनि सरकारी वकिलको तर्फबाट भएको सुनुवाई नै नसकिएपछि शुक्रबार पनि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको हो । मंगलबार देखि हेर्दाहेर्दैमा गएको गभर्नर अधिकारीको मुद्दा बिहीबार पनि हेर्दाहेर्दै मै रहेको छ ।

न्यायाधिश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाई शुक्रबार पनि हुनेछ । सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गरेर छानबिन सुरु गरेको थियो । यसविरुद्ध अदालत पुगेका गभर्नरको पक्षमा अल्पकालिन अन्तरिम आदेश आएपछि उनी राष्ट्र बैंकमा पुनः बहाली भएका थिए ।

शुक्रबारको सुनुवाई संयुक्त इजलासले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने निर्णय गर्ने छ । सरकारले गभर्नर माथि कार्यक्षमताको अभाव भएको तथा गोप्य सुचना चुहाएको लगायतका आरोप लगाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।