निजी क्षेत्रको सहभागितामा वैदेशिक लगानी सहायता कक्ष

0
Shares

उद्योगी व्यवसायीहरुले विदेशी लगानी एवं सहायता सहजीकरणका लागि निजी क्षेत्रको समेत सहभागितामा वैदेशिक लगानी सहायता कक्ष स्थापना गनुपर्ने माग राखेका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा महासंघले यस्तो सुझाब दिएको हो।

महासंघले निजी क्षेत्रको सहभागितामा परियोजना पहिचान गरि भारत, चीन, अमेरिका, बेलायत र युरोपियन युनियन लक्षित लगानी सम्मेलन गर्न सरकारलाई आग्रह गरेको छ । त्यस्तै, महामारी पछिको वैदेशिक लगानी विशेष योजना दर्ता, लगानी रकम फिर्ता लाने व्यवस्था एवं करमा छुट दिन समेत माग गरेको छ ।

महासंघले दातृ निकायहरुको सहायता रकम घटिरहेको सन्दर्भमा निजी क्षेत्रको समेत सहभागितामा आर्थिक कुटनीति र अन्य सम्बन्ध विस्तारका साथै कन्ट्री रेटिङ्ग गर्नुपर्ने धारणा राखेको छ । यसले वैदेशिक लगानी आकर्षण बढ्ने, निजी क्षेत्र र बैंकले विदेशबाट ऋण लिन सहज हुने महासंघको भनाई छ ।

महासंघका अनुसार वर्षको औसत २० करोड डलर विदेशी लगानी नेपाल भित्रिने गरेको छ ।

एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको कम्बोडियामा सन् २०२१ मा ४ अर्ब डलर भित्रिएको छ । अन्य अतिकम विकसित मुलुकहरू रुवान्डा, इथियोपिया र बंगलादेशमा वार्षिक दुई अर्ब डलरभन्दा बढी रकम आउने गरेको महासंघको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।