राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मती प्रेदशको हिस्सा घटेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक गतिविधि दोब्बरले बढेपछि राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मतीको घटेको हो ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै प्रतिशत विन्दुले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङक विभागले जनाएको छ । विभागका अनुसार चालु आवमा गडकी प्रदेशको आर्थिक वृद्धि ६.१७ प्रतिशतले वृद्धि हुने जनाएको छ । गत आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धि ३.७३ प्रतिशतले मात्र बढेको थियो ।

देशको कुल ग्राहस्थ उतपादनमा ४८ खर्ब ५२ अर्बमा बाग्मती प्रदेशको मात्र १७ खर्व ९१ रुपैयाँ बरावरको योगदान रहने अनुमान छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव १७ खर्व ९१ अर्ब हुने अनुमान छ ।
यो भनेको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ३६.९ प्रतिशत हो । गत आर्थिक वर्षका संशोधित अनुमान अनुसार यस प्रदेशको कुल ग्राहस्थ उत्पादन १५ खर्व ६८ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ३७.७ प्रतिशत हिस्सा ओगटेको बाग्मती प्रदेशले चालु आवमा ३६.९ प्रतिशत योगदान पुर्याउने अनुमान विभागको छ ।
गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.६ प्रतिशत रहेको बाग्मती प्रदेशको चालु आवमा ६.७ प्रतिशत पुग्ने अनुमान विभागको छ । बाग्मती प्रदेशको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढि योगदान २५.१ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले कला तथा मनोरन्जन आदि क्षेत्रको रहेको छ।
चालु आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४ खर्व ३२ अरव हुने अनुमान छ । गत आर्थिक वर्षका संशोधित अनुमान करिव ३ खर्व ८० अर्ब रुपैयाँ रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान विभागको छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.७ प्रतिशत थियो भने चालु आवमा सुधार आई ६.२ प्रतिशत हुने अनुमान विभागको छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन ७ खर्व ६३ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान ६ खर्व ७६ अर्ब रहेको छ । यो प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशतले थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान विभागको छ । यो प्रदेशमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।

त्यसैगरी मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६ खर्व ४४ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान ५ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु आवमा १३.३ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.८ प्रतिशत थियो भने चालु आवमा सुधार आई ४.८ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३४ ३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन् क्षेत्रको रहेको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६ खर्व ८५ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान ६ खर्व ४१ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु आवमा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.१ प्रतिशत थियो भने चालु आवमा सुधार आई ५.४ प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २९.४ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ।
यस्तै कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १ खर्व ९८ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिव १ खर्व ७६ अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगट्ने अनुमान छ । गत आवमा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशत थियो भने चालु आवमा सुधार आई ५.५ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
चालु आवमा सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा . ३ खर्व ३९ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षका संशोधित अनुमान अनुसार यस प्रदेशको ३ खर्व १२ अर्ब रुपैयाँ रहेको छ । चालु आवमा यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आवमा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.२ प्रतिशत थियो भने चालु आवमा ४.९ प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया