हालसम्म ३४ लघुवित्त कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण, कसको नाफा कति ?

0
Shares

बैशाख २३ गते शुक्रबारसम्म नेप्सेमा सूचीकृत ५४ लघुवित्त कम्पनीमध्ये ३४ कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

चौतिस लघुवित्त कम्पनीहरुकोले ९ महिना अवधिमा कुल ४ अर्ब १७ करोड ९८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्तले ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै एनआईसी एशिया लघुवित्तले ४७ करोड ८४ लाख, मेरो माइक्रोफाइनान्सले ३४ करोड १५ लाख, आरएमडिसी लघुवित्तले २६ करोड ५९ लाख र ग्लोबल आईएमई लघुवित्तको नाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ । २९ लघुवित्तको नाफा २० करोडभन्दा कम छ ।

समीक्षा अवधिमा विन लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा कम ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । थप ७ कम्पनीको नाफा ५ करोडभन्दा कम छ । १२ लघुवित्त कम्पनीले ५ देखि १० करोड रुपैयाँसम्म खुद नाफा कमाएका छन् । दश कम्पनीहरुको नाफा दश करोडदेखि बीस करोड रुपैयाँसम्म रहेको छ ।

S.N. Symbol Net Profit Q3 (in Thousand)
1 JBLB 577,598.30
2 NICLBSL 478,407.00
3 MERO 341,574.68
4 RMDC 265,966.66
5 GILB 204,828.17
6 NLBBL 184,812.99
7 MMFDB 174,992.71
8 FMDBL 166,134.70
9 SLBBL 131,772.44
10 ALBSL 120,014.62
11 ILBS 118,356.00
12 SMFDB 117,416.75
13 KMCDB 111,864.00
14 NMBMF 105,391.00
15 MLBSL 100,026.45
16 VLBS 95,137.50
17 RSDC 94,336.59
18 SDLBSL 92,205.17
19 MSLB 76,342.46
20 SABSL 71,538.00
21 NSLB 64,072.31
22 NADEP 56,903.17
23 RULB 55,549.31
24 SMATA 53,633.48
25 JSLBB 52,945.82
26 CLBSL 52,819.00
27 MLBBL 50,284.50
28 ACLBSL 49,202.50
29 AKBSL 34,831.46
30 SMFBS 33,189.38
31 MLBS 18,650.00
32 GMFBS 13,151.54
33 GLBSL 10,513.95
34 WNLB 5,394.42
Total 4,179,857.03

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  ०९ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।