सार्वजनिक यातायातको भाडा बढ्यो, यात्रुबाहकमा साढे ३ र मालवाहकमा ५% वृद्धि

0
Shares

सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । पेट्रोलियम पदार्थमा बढेको भाउ अनुसार स्व:चालित प्रणाली अनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले मंगलबार जारी गरेको सूचना अनुसार २०७९जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम देहाय अनुसार समायोजन गरिएको उल्लेख छ ।

जसअनुसार अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधन तर्फ ३.५ प्रतिशत भाडा वृद्धि गरिएको छ । यस्तै पहाडी बाटोमा गुड्ने मालबाहक सवारीमा ४.६० प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१० प्रतिशत भाडा बढाएको छ ।बढाइएको नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।

विभागले २०७८ चैत १७ गते सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्था लागू भएयता नेपाल आयल निगमले २०७८ चैत २२ गते प्रतिलिटर ५ रुपैयाँ र बैशाख ३१ गते प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । चैत १७ गते १३८ रहेको डिजेलको मूल्य यसबीचमा १५ रुपैयाँ बढेर हाल बजार मूल्य प्रतिलिटर १५३ कायम भएको र सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा १०.८६ प्रतिशत बढी भएको विभागको भनाई छ ।

यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी बढाएको भाडा दर सूची यस्तो छ:-

 

सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।