सपोर्ट लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड को बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट वितरण गरेको ३० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकाे २०७८ पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त ३० प्रतिशत बोनस सेयर अनुमोदन भएको थियो । बोनस सेयरसँगै कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश समेत वितरण गरिएकाले सेयरधनीहरूले बोनसमा लाग्ने कर तिर्नुपर्ने छैन ।

लघुवित्तका अनुसार २०७८ साल मंसिर ३० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको डिम्याट खातामा बोनस जम्मा गरिएको छ । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सदस्यको हकमा पनि क्रमशः सम्बन्धीत सदस्यहरूको हितग्राही खातामा बोनस जम्मा गरिने उल्लेख छ । साथै कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएकाहरूलाई लगानीकर्तालाई यथाशीघ्र अभौतिकिकरण गराउन अनुरोध गरेको छ ।

कम्पनीले धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत गरेपछि सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

सपोर्ट लघुवित्तको साधारण सभा पुस १० गते

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेठ २०७९, मंगलबार  १४ : २८ बजे