अपि पावरको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

अपि पावरले लिलामीमा बिक्री खुला गरेको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको उक्त सेयर खरीदका लागि बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

लिलामी सेयरमा मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौं तथा मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लिलामी सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

अपि पावरको ४ लाख ४९ हजार कित्ता सेयर जेठ १८ गतेदेखि लिलामीमा

अपि पावरको साढे ४ लाख कित्ता हकप्रद लिलामीमा आउने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार  १० : ३३ बजे