सुनचाँदीको मूल्य मंगलबार स्थीर, यस्तो छ आजको बजारभाउ

0
Shares

सुनको मूल्य नेपाली बजारमा मंगलबार स्थीर बनेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको सुनको भाउ मंगलबार यथावत रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार छ । यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार २०० रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर आजकै भाउ अर्थात छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ, तेजावी सुन ९७ हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार  १० : ४१ बजे