आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

0
Shares


नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गरेका थिए । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोहण गरेका थिए ।

यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जितेका थिए।

परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धीको प्रशंसा गर्दै सम्मान गरे ।

उनीहरुको यस सफलताले नेपालको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।