छब्बिस कम्पनीको पाँच अर्ब ६२ करोडको आईपीओ आउँदै

0
Shares

विभिन्न २६ कम्पनीको ५ अर्ब ६२ करोड १२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा आउने भएको छ ।

विसं २०७९ असार १८ गतेसम्म पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग ती २६ कम्पनीले सेयर जारी गर्न अनुमति मागेका हुन् ।

अनुमति माग्नेमध्ये अधिकांश कम्पनीले अंकित मूल्य (एक सय रुपैयाँ) मा नै आईपीओ निष्काशनको अनुमति मागेका छन् । केही कम्पनीले भने प्रिमियम मूल्यमा समेत सेयर निष्काशनको माग गरेका छन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीले ५० रुपैयाँ अंकित दरमा सेयर बिक्रीको अनुमति मागेको छ ।

२६ कम्पनीले ५ अर्ब ६२ करोड १२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेका छन् । ती कम्पनीहरुले कुल ५ करोड ९ लाख ५५ हजार २०४ कित्ता आईपीओ जारी गर्न अनुमति मागेका हुन् ।

यसरी धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग्नेमा आधा बढी कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । कुल २६ मध्ये १३ वटा कम्पनी हाइड्रोपावर मात्रै रहेका छन् । बाँकी १३ कम्पनी अन्य समुहका रहेका छन् ।

आइपीओ निष्कासनको लागि लघुवित्त कम्पनी ६ वटा, इन्स्यारेन्स २, होटल तथा पर्यटनका २ वटा र अन्य समुहका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, हाथवे इन्भेष्टमेन्ट रहेका छन् ।

कम्पनीको नाम  सेयर कित्ता सेयर रुपैयाँ  बिक्री प्रबन्धक 
पिपुल्स हाइड्रोपावर 8000000 800000000 प्रभु क्यापिटल 
आइएमई लाइफ इन्सुरेन्स 6000000 600000000 सिभिल क्यापिटल 
रिलायबल लाइफ इन्सुरेन्स 6000000 1272000000 सिभिल क्यापिटल 
मोलुङ हाइड्रोपावर कम्पनी 3531000 353100000 सनराइज क्यापिटल
माया खोला हाइड्रोपावर  3400000 340000000 प्रभु क्यापिटल 
हाथवे इन्भेष्टमेन्ट 2925000 146250000  ग्लोबल आइएमई क्यापिटल
डिस मिडिया नेटवर्क  2385929 238592900 ग्लोबल आइएमई क्यापिटल
मकर जीतुमाया सुरी हाइड्रोपावर  2280000 228000000 प्रभु क्यापिटल 
सिकलेस हाइड्रोपावर 2000000 200000000 बीओके क्यापिटल 
इड्वा हाइड्रोपावर  1800000 180000000 नेपाल एसबिआई मर्चेन्ट
सिटी होटल  1674000 167400000  ग्लोबल आइएमई क्यापिटल
भुगोल इनर्जी डेभलपमेन्ट  1632160 163216000 एनआइसी एशिया क्यापिटल
इस्टर्न हाइड्रोपावर  1240000 124000000 एनएमबि क्यापिटल 
थ्रि स्टार हाइड्रोपावर  1231250 123125000 हिमालयन क्यापिटल 
कालिन्चोक दर्शन  1200000 120000000 नबिल इन्भेष्टमेन्ट
एसियन हाइड्रोपावर 1180000 118000000 एनएमबि क्यापिटल
सुपरमाई हाइड्रोपावर 1000000 100000000 सानिमा क्यापिटल 
अभियान लघुवित्त  975000 97500000 मुक्तिनाथ क्यापिटल
बाराही हाइड्रोपावर 700000 70000000 एनआइबीएल एस क्यापिटल
मुक्तिनाथ कृषि कम्पनी 400000 40000000 मेगा क्यापिटल 
 सिर्जनशील लघुवित्त  393750 39375000 सनराइज क्यापिटल
धौलागिरी लघुवित्त  331000 33100000 सनराइज क्यापिटल
कुथेली भुखरी साना हाइड्रोपावर 243735 24373500 एनएमबि क्यापिटल 
आत्मनिर्भर लघुवित्त  203380 20338000 सनराइज क्यापिटल
खप्तड लघुवित्त 132000 13200000 प्रभु क्यापिटल 
बिपिडब्लु लघुवित्त 97000 9700000 मेगा क्यापिटल
कुल 50955204 5621270400  

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार  १५ : ३६ बजे