नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई, डिजेल/मट्टितेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेलरमट्टितेलको १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० पुगेको छ । निगमले हवाई इन्धन ९बाह्य० र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।
पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया