चालीस प्रतिशत उद्योग प्रतिष्ठानमा मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग

0
Shares

औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरु मध्ये करिब चालीस प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजामा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरु मध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाएको हो।

सर्वेक्षण नतिजा अनुसार १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत,  २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ % उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५-४९ प्रतिशत र बाँकीले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ ।

यसरी पूर्ण क्षमतामा नचल्नुको कारण वजार वा मागको कमीका कारण ४६%, कच्चा पदार्थको अपार्यप्तताका कारण १०%, स्रोतको कमीका कारण ८%, सीपमुलक कामदारको अभावका कारण ८% प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको पूर्ण उपयोग नगरेको पाएको हो।

सन्दर्भ अवधिमा साना उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरु (१० जना भन्दा कम व्यक्तिहरु संलग्न भएका) मध्ये करिब ३४% ले मात्र वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिन्छ भने १४% ले ऋणको प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । यसैगरी ५% साना उद्योग प्रतिष्ठानहरु ऋण लिने प्रकृयामा रहेको देखिन्छ भने ६०% साना उद्योग प्रतिष्ठानहरुल, ऋण नलिएको/नभएको र ऋण लिने प्रकृयामा पनि नभएको पाइएको छ।

ठला औद्योगिक प्रतिष्ठानहरुको संख्या करिव २३% ले वढेको र प्रति प्रतिष्ठान संलग्न रहेका व्यक्तिहरुको संख्या समेत बढेको छ । औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्व १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ती रहेको देखिएको छ।

सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरु मध्ये करिब ७६% उद्योग प्रतिष्ठानहरु २७० दिन वा सो भन्दा बढी दिन संचालन भएको देखिएको छ । यसैगरी १९% उद्योग प्रतिष्ठानहरु १८०-२६९ दिन, ४% उद्योग प्रतिष्ठानहरु ९०-१७९ र बाँकी १५ उद्योग प्रतिष्ठानहरु ९० भन्दा कम दिन संचालन भएको देखिन्छ।

लकडाउनको समयमा प्रतिष्ठानहरुको संचालन अवस्थास् कोभिड-१९ को महामाराका समयमा सरकारले गरेको करिव ४ महिनाको लकडाउन अवधिमा करिब ३४ उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यसैगरी २४% उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र वाँकी १३% उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा जम्मा ६०,१८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका छन्। ति मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६,६११ वटा, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा २,२२४ वटा उद्योग प्रतिष्ठानहरु रहेका छन्।

सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चार प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा संलग्न रहेका व्यक्तिहरुको संख्या ४,९१,२२७ रहेको छ। ति मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४,४४,९६४ जना, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१,५९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १८,१८५ जना व्यक्तिहरु संलग्न भएको देखिएको छ।

राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को सन्दर्भ अवधि २०७५ श्रावण १ गते देखि २०७६ आषाढ मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७५/७६ रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।