बैंकहरुद्धारा शुक्रबार साढे ३३ अर्ब धेरै एसएलएफ उपयोग

0
Shares

असारे विकास र भुक्तानीले बैंकिङ प्रणालीको निक्षेपमा सुधार आउँदै गएको भएपनि अझैपनि स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग भने उच्च नै देखिएको छ ।

असार १४ गते शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुले ३३ अर्ब ६७ करोड रुपैयाँ लिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २० पटक गरेर उक्त रुपैयाँ बराबरको एसएलएफ प्रदान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार र बुधबार भने क्रमशः ३५ अर्ब ५३ करोड र ४५ अर्ब ९५ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए ।

बैंकहरुले असार १९ गते आइतबार १७ अर्ब ६ करोड रुपैयाँ एसएलएफ उपयोग गरेकोमा २० गते ३० अर्ब २७ करोड र २१ ग्ते मंगलबार ५६ अर्ब ९७ करोड रुपैयाँ एसएलएफ प्रयोग गरेका थिए ।

दैनिक १५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप बैंकिङ्ग प्रणालीमा थपिँदै गएको भएपनि केही घट्न थालेको एसएलएफ दैनिक ३० अर्ब माथि पुगेको हो । बैंकिङ्ग प्रणालीमा तरलता अभाव कायम नै रहेकाले अन्तरबैंक ब्यादर समेत बुधबारसम्म ७ प्रतिशत नै कायम रहेको छ ।

 

एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् ।

बैंकिङ प्रणालीमा तरलता रकम अभाव देखिएपछि चालु आर्थिक वर्ष २०७८/७९ को असार २४ गतेसम्ममा बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन । बैंकहरुले ४ हजार ७९२ पटकमा यो रकम उठाएका हुन् ।

चालु आवको असार २२ गते बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने वाणिज्य बैंकहरुमा ४४ खर्ब ७० अर्ब रुपैयाँ छ । यस अवधिमा विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४७ खर्ब ३ अर्ब कर्जा लगानी भएको छ । यस अवधिमा कुल कर्जा लगानी वाणिज्य बैंकहरुले ४१ खर्ब ७२ अर्ब छ भने विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ३१ अर्ब कर्जा लगानी गरेका छन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले पनि बैंकहरुको कर्जा निक्षेप अनुपात ८८.०६ प्रतिशत माथि छ ।

सरकारी खर्चको खाता राख्ने महालेखा नियन्त्रकका अनुसार असार २३ गते बिहीबारसम्ममा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन कुल विनियोजित बजेट ३ खर्ब ७८ अर्ब ९ लाख ७७ हजारको ४४.७२ प्रतिशत हो । बिहीबार मात्रै ४ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार  १९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।