संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १४ क्यासिनोको इजाजत बन्द गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नविकरण नगरी सञ्चालनमा रहेका १४ क्यासिनोको इजाजत बन्द गर्ने चेतावनीसहित नामवली सार्वजनिक गरेको हो ।
मन्त्रालयले क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाउने कम्पनीले विभिन्न १४ कम्पनीले आर्थिक ऐन, २०७९ को दफा १६(१) बमोजिम रोयल्टी रकम बराबरको बैंक जमानत वा रोयल्टी रकम बैंक दाखिला नगरेको जनाएको छ ।
अन्यथा, आ.व. ०७९/८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरण नहुने र क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम इजाजतपत्र रद्द हुने जनाएको छ ।
मन्त्रालयले प्राइस इन्टरटेनमेन्ट प्रालि तारागाउँ रिजेन्सी होटल, एटलान्टिक रिक्रियसन प्रालि होटल अन्नपूर्ण, बरियाज नेपाल प्रालि मल्ला होटल, ज्याकपट गेमिङ सेन्टर प्रालि भ्यु होटल बाँके, स्माइन कोक्सन प्रालि इच्छा होटल सिमरा बारा, भेगस रिक्रियसन नेपाल प्रालि होटल मेची क्राउन झापा, बाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालि होटल अलफ्ट ठमेल, निर्भाना लम्जरी इन्टरटेनमेन्ट प्रालि होटल निर्वाण रूपन्देही रहेका छन् ।
त्यसै गरी भेन्यू रिक्रियसन प्रालि होटप स्टारवाईट बाँके, सिद्धार्थ गेमिङ जोन प्रालि होटल नान्स रूपन्देही, ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालि कल्पतरू होटल बाँके, सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि होटल सिटी प्यालेस नेपालगन्ज, गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि हिमाल बाटर पार्क एण्ड भिलेन होटल पर्सा र देविज इन्टरटेनमेन्ट प्रालि नेह होटल परिसर, नेपालगन्जलाई तत्काल इजाजत नविकरण गरी रोयल्टी बुझाउन ताकेता गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया