मूल्यवृद्धि नियन्त्रण गर्न दक्षिण कोरिया, क्यानडा र न्युजिल्यान्डले पनि बढाए औसत ब्याज दर

0
Shares

२४ वर्ष यताकै उच्च भएको मूल्यवृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाले ०.५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेको छ ।

यसैगरी चार दशक यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न क्यानडाको केन्द्रीय बैंकले पनि १ प्रतिशतले ब्याज दर बढाएको छ । क्यानडा र दक्षिण कोरियाले ब्याज दर वृद्धि गर्दै गर्दा ३२ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न न्युजिल्यान्डले पनि ०.५ प्रतिशतले औसत ब्याज दर बढाएको हो ।

अर्थतन्त्रको वर्तमान अवस्था र मुद्रास्फीतिलाई नियन्त्रण गर्न औसत ब्याजदर बढाउँदा अर्थतन्त्र खुम्चिने सम्भावनालाई मध्यनजर गर्दै हाल ०.५ प्रतिशतले ब्याजदर बढाएको दक्षिण कोरियाली केन्द्रीय बैंकले जनाएको छ । हाल दक्षिण कोरियाको मुद्रास्फीति दर ७ प्रतिशत रहेको छ ।

यसैगरी क्यानडाको मुद्रास्फीति दर ७.९ प्रतिशत रहेको छ भने न्युजिल्यान्डको मुद्रास्फीति दर ६.९ प्रतिशत रहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९का कारण उत्पन्न आपूर्ति श्रृङ्खला अवरोध, रुस–युक्रेन युद्धका कारण माग र आपूर्ति बीच आएको दूरीका कारण मुद्रास्फीति दर आकाशिएको छ ।

मुद्रास्फीति नियन्त्रणका निमित्त अमेरिका, बेलायत, युरोप लगायतका विकसीत केन्द्रीय बैंक लगायत उदायमान अर्थतन्त्र भएका केन्द्रीय बैंकहरुले पनि औसत ब्याजदर वृद्धि गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  १२ : ०१ बजे