राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन आज पेस गरेका छन ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।
महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरूजु थपिएको छ । योसँगै कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ।
महालेखाले आर्थिक वर्ष २०७७/७८ मा कुल ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण गरेको थियो। यसमा सरकारी कार्यालयको लेखा परीक्षणबाट बेरुजु औंल्याएको हो।
सङ्घीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेत यस वर्ष र७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।
सोमध्ये ३ हजार २८७ सङ्घीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड (१.७५ प्रतिशत) र प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट र७ अर्ब ४८ करोड (२.५) प्रतिशत), ४४८ समिति तथा अन्य सस्थाको २ खर्ब ६ अर्ब १२ करोड लेखापरीक्षणबाट १४ अर्ब १९ करोड (६.८९ प्रतिशत) र ७९९ स्थानीय तह (बक्यौता ५५ समेत), को १० खर्ब ५१ अर्ब ९ करोडको लेखापरीक्षणबाट ४३ अर्ब ९० करोड (४.१८ प्रतिशत) बेरुजु देखिएको छ ।
सोको अतिरिक्त सार्वजनिक संस्था ९३ को ३१ खर्ब ५५ अर्ब ९३ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । संगठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराएका ३१ संस्थाको ११ खर्ब ५२ अर्ब ७६ करोडको लेखापरीक्षण भएको छ। परामर्श उपलब्ध गराएका संगठित संस्थासमेत ८६ खर्ब ८५ अर्ब ८५ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।
गत वर्षसम्मको बाँकी बेरुजु र४ खर्ब १८ अर्ब ८५ करोडमा फस्यौट तथा समायोजन गरिएको अङ्क ५० अर्ब २९ करोड घटाई यो वर्ष थप भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी रहेको छ ।
लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ अर्ब २० करोड असुल भएको छ। अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रहेकोमा यो वर्ष ८ खर्ब २९ अर्ब १५ करोड पुगेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया