सरकारले यसअघि आयातमा लगाएको प्रतिबन्ध थप कडा बनाउँदै साबिकको व्यवस्थामा संसोधन सहित डेढ महिना लम्ब्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार ३१ गते शुक्रबार राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्मका लागि विभिन्न १० विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।
पछिल्लो व्यवस्थामा सरकारले मोटरसाइकल र मोबाइलको आयातलाई थप कडाई गरिएको छ । यसअघि २५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाईएकोमा अब १५० सीसी माथिका सबै आयातमा रोक लगाइएको छ । यस्तै यसअघि ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाईएको सरकारले त्यसलाई आधा बढाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लगाएको हो ।
यसैगरी कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, हिरा, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तुहरु (औधोगिक कच्चा पदार्थ बाहेक) रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन, सबै प्रकारका खेलौना र तास आयातको प्रतिबन्दलाई समेत निरन्तरता दिइएको छ ।
यसअघि एउटा वर्गिकरण संकेत (एसएसकोड) का कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरुमा रोक लगाइएकोमा हाल २ वटा पुर्याइएको छ । चुरोट तथा सुर्तीजन्य वस्तुहरुमा पनि थप २ वटा वर्गिकरण संकेत थपेर १० वटा बनाइएको छ । यसअघि २ वटा वर्गिकरण संकेतका हिरा आयातममा रोक लगाइएकोमा हाल पाँच पुर्या्इएको छ । पहिला एउटा वर्गिाकरण संकेतमा रोक लगाइएको रंगीन टेलिभिजन हाल २ वटा पुगेको छ । सबै प्रकारका तयारी मदिरा र दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन (जीप, कार, भ्यान) का क्रमशः ५८ र १६ वर्गिकरण संकेत र सबै प्रकारका खेलौना र तास आयातको प्रतिबन्दलाई समेत निरन्तरता दिइएको छ ।
विसं २०७९ साउन १ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सुरु भएको अवस्थामा १५० देखि २५० सीसी क्षमताको मोटरसाइकल र ३०० देखि ६०० डलरसम्मको मोबाइल सेट ल्याउन भने रोक नलाग्ने सरकारले जनाएको छ । यसैगरी पैठारीमा बन्देज लगाईएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय सङ्घ संस्था तथा सोमा कार्यरत कुटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीको निजी प्रयोगको निमित्त पैठारीमा रोक नलगाइएको सूचनामा उल्लेख छ ।
यसअघि नै बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरेर २०७९ असार मसान्तसम्म विभिन्न १० विलासी वस्तुको आयातमा रोक लगाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया