खानेपानी र सरसफाई क्षेत्रलाई थप व्यवस्थित बनाउन भन्दै युरोपियन युनियनले नेपाललाई थप १ अर्व ३७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मंगलबार मन्त्रीपरिष्दका निर्णय सार्वजनिक गर्द सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत सो सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।
सबैका लागि दिगो खानेपानी र सरसफाई कार्यक्रमका लागि सो सहायता रकम स्वीकार गरिएको हो । कार्कीका अनुसार गुणस्तरीय प्राविधिक व्यवसायिक शिक्षा तथा तालिमको पहिलो चरणको परियोजनाका लागि थप ९५ करोड रुपैयाँ अनुदान सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले चुलिदो आयातका कारण अर्थतन्त्र नै प्रभावित हुने भएपछि आयात व्यवस्थापन र न्यूनीकरण गर्न सरकारले अंकिगर गर्नुपर्ने व्यवस्थाबारे अध्ययन गरी सुझाव एक उच्चस्तरीय समिति गठन गरको छ ।
मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षतामा अध्ययन तथा सुझाव समिति समेत गठन गरेको हो । समितिलाई विश्व व्यापार संगठन नेपालको आयात व्यवस्थापन सम्बन्धी कानुन अभ्यास समेत अध्ययन गरी सुझाव दिन कार्यादेश दिइएको छ ।
साउन ३० देखि भदौ १० गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा सञ्चालन हुने अन्तर सरकारी सम्मेलनको पाँचौँ सत्रमा नेपालका तर्फबाट सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कोशलचन्द्र सुवेदीको भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
नेपाली मूलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी अवैतनिक वाणिज्य दूत नियुक्त गरिएको छ । तुर्कमेनिस्तानको आशागावतमा साउन ३० र ३१ गते यातायात सम्मेलनमा भाग लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैगरी सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसीलाई नियुक्त गरेको छ । गोरखा जिल्ला साविक बारपाक गाविस वडा नं ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको छ रोपनी १० आना तीन दाम जग्गा सरकारले भूकम्प स्मृति उद्यान निर्माण गर्नका लागि भूकम्प स्मृति पार्कको नाममा हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको छ ।
शहीद गङ्गालला हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा नवीनचन्द्र गौतमलाई मनोनयन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले निर्वाचन आयोगले आगामी मङ्सिर २ गते सङ्घीय र प्रदेशसभा निर्वाचनको मिति तोक्न सिफारिस गरेको जानकारीसमेत दिए । त्यसैअनुसार सरकारले मिति घोषणाको तयारी गरेको उनको भनाइ थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया