फेसबूक तथा इन्स्टाग्रामको माउ कम्पनी मेटाको आम्दानीमा अहिले सम्म कै गिरावट आएको छ ।
मेटाले अप्रिल–जूनको त्रैमासमा ६ बिलियन ६९ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ । गत वर्षको अप्रिल–जून त्रैमासको तुलनामा यो वर्ष ३६ प्रतिशतले आम्दानीमा ह्रास आएको कम्पनीले जनाएको छ ।
टिकटकको लोकप्रियता बढेसँगै मानिसहरु विज्ञापनको लागि फेसबूक भन्दा पनि टिकटक बढी प्रयोग गर्न लागेका छन् ।
प्रयोगकर्ताहरुले फेसबूक र इन्स्टाग्राममा भन्दा पनि गुगल, ट्वीटर तथा टिकटकलाई अनलाइन विज्ञापनको माध्यम बनाएपछि मेटाको आम्दानीमा कमी आएको हो । यसैगरी गुगलको माउ कम्पनी अल्फाबेटले पनि दुई वर्ष यताकै कम रहेको जनाएको छ ।
मेटाको त्रैमासिक आम्दानीमा आएको गिरावटले मेटाको बिजनेसमा कमी आएको प्रष्ट पारेको इन्साइडर इन्टेलिजेन्सका विश्लेषक डेब्रा अहो विलियमसनले बताएका छिन् ।
मेटाले आम्दानी सार्वजनिक गर्नु अघि विश्लेषकहरुले विज्ञापनबाट १३० बिलियन डलर कमाउने प्रक्षेपण गरेका थिए । तर मेटा प्रक्षेपण गरिएको आम्दानीको आसपासमा पनि पुग्न सकेको छैन । यसै सम्बन्धमा डेब्राले मेटाले मात्रै नभई यसका प्रतिस्पर्धीहरुको आम्दानी तथा कारोबारमा पनि कमी आएको बताएकी छिन्।
मेटा अहिले सामाजिक सञ्जाल फेसबूक र इन्स्टाग्राममा मात्रै केन्द्रीत नभई मेटाभर्सको माध्यमबाट भर्चुअल रियालिटी तथा थ्रीडिको क्षेत्रमा आफ्नो साम्राज्य बनाउने काममा अग्रसर भएको छ । मेटाले चाहेको जस्तो परिवर्तन आउन केही समय लाग्ने र त्यतिन्जेल मेटाको आम्दानी तथा व्यवसायमा केही गिरावट आउने विश्लेषकहरुले जनाएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया