अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले औसत ब्याजदर बढाएपछि अर्थतन्त्रमा देखिएको अनिश्चिततालाई आत्मसात् गर्दै अघि बढ्न फेडका पूर्व गभर्नरहरुले सुझाएका छन् ।
फेडले कहिले सम्म र कति प्रतिशतसम्म पुग्नेगरी औसत ब्याजदर बढाउँछ भन्ने आकलन गर्न नसकिएको पूर्व गभर्नरहरुको भनाइ छ ।
यसैकारण लगानीकर्ता तथा नीति निर्माणकर्ताहरु फेडले लिने निर्णय र त्यसले सिर्जना गर्ने अनिश्चततालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
एटलान्टा फेडरल रिर्जभका पूर्व अध्यक्ष डेनिस लोकहार्टले यसअघिको समयमा यस किसिमको अनिश्चितता नदेखिएको र यस समयमा लगानीकर्ताहरुले फेडलाई विश्वास गरी अनिश्चितता स्वीकार गर्नुपर्ने र लगानीकर्ता, नीति निर्माताहरुको साथमा फेडले स्थीरता ल्याउने बताएका छन् ।
उच्च मुल्यवृद्धि र आर्थिक वृद्धि अस्थिरता तर्फ गइरहेको समयमा यो वर्ष कति प्रतिशतले बयाजदर बढ्छ भन्ने अवस्था नरहेको र यस समयमा सेयरबजारको दिशा निर्देश गर्नु, उचित नभएको र त्यसले भविष्यमा राम्रो नगर्ने फेड बोर्ड अफ गर्भनर्सका पूर्व सदस्य जेरेमी स्टेनले जनाएका छन् ।
बुधबार फेडले ०.७५ प्रतिशतले ब्याजदर बढाएपछि अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना बढेको छ । लगानीकर्ताहरु आर्थिक मन्दीको त्रासमा रहेका छन् । सेयरबजारमा अस्थिरता कायम नै रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया