तथ्याङक विभागको भन्दा २ प्रतिशत विन्दु आर्थिक वृद्धि कम हुने आइएमएफको प्रक्षेपण

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोषको यो प्रक्षेपण तथ्याङक विभागको प्रारम्भिक अनुमान भन्दा करिब २ प्रतिशत विन्दुले थोरै हो ।

केन्द्रीय तथ्याङक विभागका अनुसार गत आर्थिक वर्षमा ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । विभागले गरेको अनुमानलाई समेत घटाउदै आइएमएफले गत आवको आर्थिक वृद्धि अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहने अनुमान गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा आर्थिक वृद्धि ४.२५ प्रतिशत रहेको थियो । सोही आधारमा आइएमएफले पनि अघिल्लो आवको नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशत भएको उल्लेख गरेको छ । अघिल्लो आवमा आइएमएफले हासिल भएको आर्थिक वृद्धि भन्दा न्यून अनुमान गरेको थियो । गत आवमा समेत आइएमएफले ४.१ प्रीतशतको आर्थिक वृद्धि हुने अनुमान गरेको त्यसलाई समीक्षा गर्दे कोषले गत आवमा ४.१ ले वृद्धि हुने अनुमान गरेको हो ।

कोषका अनुसार आगामी आथिृक वर्षमा भने नेपाल आर्थिक वृद्धि बढेर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । कोष अनुसार गत आर्थिक वर्षमा एसिया क्षेत्रको आथिृक वृद्धि दर पनि ४.२ प्रतिशत ने हुने अनुमान गरेको छ । त्यसैगरी आगामी आवमा एसियाको आर्थिक वृद्धि ४.५ प्रतिशतमा सिमित हुने कोषले जनाएको छ।

अधिकासं केन्द्रीय बैंकहरुले कसिलो वित्तीय अवस्थाका कारण ब्याजदर बढाउने क्रम जारी छ । त्यसका साथै रुस र युक्रेन बिचको युद्धका कारण खाद्यबस्तुहरुको मुल्याका आएको वृद्धिका कारण आर्थिक वृद्धिमा कमी आउने कोषले जनाएको छ ।

गत आर्थिक वर्षमा सरकारले ७ प्रतिहतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो । सरकारले गरेको लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने अनुमान तथ्याङक विभागले नै स्विकार गरिसकेको छ । चालु आर्थिक वर्षमा ८ प्रीतशतको आथिृक वृद्धि गर्ने लक्ष्य सरकारले गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ साउन २०७९, शुक्रबार  १७ : ३४ बजे