पाँच अर्ब हिनामिना गरेर सहकारीका संचालक फरार, बचतकर्ता विभागमा

0
Shares

काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको पाँच अर्ब बढी रकम फिर्ता नगरी भागेको भन्दै पीडित बचतकर्ताहरुले आइतबार सहकारी विभागमा उजुरी दिएका छन्।

सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनेता पनि सबै फरार रहेको उनीहरुले उल्लेख गरेका छन् । बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडितहरुको भनाई छ।

एक हप्ता सहकारी विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएको आरोप बचतकर्ताले लगाएका छन्। सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन्।

सहकारी अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरेको बचतकर्ताको गुनासो छ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका हुन।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ साउन २०७९, आइतबार  १४ : ३० बजे