लघुवित्तले प्राथमिक पूँजीको शत प्रतिसत ऋणपत्र जारी गर्न सक्ने

0
Shares

लघुवित्त वित्तीय संस्थाले प्राथमिक पूँजीको शत प्रतिशतसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले २५ प्रतिशतको सीमालाई बढाएर शत प्रतिशत पुर्याएको हो ।

नेपाल राष्ट्र बैंकले उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्न लघुवित्तको स्रोत व्यवस्थापन सहज हुने नीति लिएको छ ।

केन्द्रीय बैंकले लघुवित्तलाई शत प्रतिशत आवधिक ऋणपत्र निष्कासन संगै बैंकहरुले विपन्न वर्ग कर्जा अन्र्तगतको थोक कर्जा दिदाँ आधार दरमा २ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार संञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न केन्द्रिय बैंकसंग स्वीकृति लिनुपर्नेछ ।

यसभन्दा अघि सहायक आवधिक ऋणपत्र जारी गर्न सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको बढीमा २५ प्रतिशत रकमसम्मको जारी गर्न सक्ने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।